बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रधानमन्त्री कार्कीको मुस्लिमसम्बन्धी अभिव्यक्तिप्रति देश–विदेशका मुस्लिम समुदाय आक्रोशित:करिम बक्स मियाँ

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर १०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रधानमन्त्री कार्कीको मुस्लिमसम्बन्धी अभिव्यक्तिप्रति देश–विदेशका मुस्लिम समुदाय आक्रोशित:करिम बक्स मियाँ
Rampam
3D Education Lahan

करिम बक्स मियाँ

दोहा - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ।

मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम समुदाय र अरब समाजबारे व्यक्त गरेका भनाइहरू “आपत्तिजनक, विभाजनकारी तथा ऐतिहासिक रूपमा आधारहीन” रहेको भन्दै व्यापक आलोचना भइरहेको छ।

 प्रधानमन्त्री कार्कीले के भनेकी थिईन्?

समारोहमा उनले मुस्लिम समुदायमाथि गरिएको आरोपसम्बन्धी भाषणका क्रममा यस्तो भनाइ दिइन्–

“मुसलमानहरूको प्रवृत्ति–व्यवहार हेर्दा महिलामाथि भएको अन्याय देखिन्छ—जिउँदै महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने अवस्था देखिन्छ।”

“पहिलेको अरेबियन कालमा सुडान, इजिप्टजस्ता देशमा महिलाहरू डाक्टर, विदुषी र आर्थिक रूपमा सक्षम थिए।”

“आर्यनहरूको संस्कृति उदार थियो, तर मुसलमानहरूले हमला गर्न थालेपछि सात वर्षका बालबालिकाको विवाहजस्ता प्रथाले समाज संकीर्ण बन्दै गयो।”

यी अभिव्यक्तिहरू सार्वजनिक भएको केही क्षणमै देश–विदेशका मुस्लिम समुदाय आक्रोशित बनेका छन्। मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको भनाइलाई “धर्म र समुदायलाई गलत रूपमा चित्रण गर्ने तथा नेपालजस्तो बहुसांस्कृतिक समाजमा घृणा फैलाउने” प्रकृतिको बताएका छन्।

 मुस्लिम समुदायको कडा प्रतिक्रिया

नेपालका प्रमुख मुस्लिम संघ–संस्थाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कार्कीको अभिव्यक्तिलाई “सम्पूर्ण मुस्लिम जनतामाथिको सामूहिक अपमान” भनेका छन्। संवैधानिक पदमा बसेको व्यक्तिले तथ्यहीन र धार्मिक भावनामा असर पर्ने अभिव्यक्ति दिनु मुलुकको सामाजिक सद्भावमाथि गम्भीर प्रहार भएको उनीहरूको तर्क छ।

देश–विदेशका नेपाली मुस्लिमहरूले पनि विभिन्न माध्यमबाट प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन तथा तत्काल सार्वजनिक रूपमा माफी माग्न आह्वान गरिरहेका छन्। तर सरकार र प्रधानमन्त्री कार्यालय मौन बसेकोले आक्रोश थप बढेको मुस्लिम समुदायको टिप्पणी छ।

देशभर मुस्लिम समुदायबीच चर्किन थालेको असन्तोषबीच अब प्रधानमन्त्री कार्कीले कस्तो प्रतिक्रिया दिनेछिन् भन्ने प्रश्न उठ्दैछ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]