करिम बक्स मियाँ

दोहा - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद प्रतिवादको विषय बनेको

मंसिर गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम समुदाय अरब समाजबारे व्यक्त गरेका भनाइहरूआपत्तिजनक, विभाजनकारी तथा ऐतिहासिक रूपमा आधारहीनरहेको भन्दै व्यापक आलोचना भइरहेको

 प्रधानमन्त्री कार्कीले के भनेकी थिईन्?

समारोहमा उनले मुस्लिम समुदायमाथि गरिएको आरोपसम्बन्धी भाषणका क्रममा यस्तो भनाइ दिइन्

मुसलमानहरूको प्रवृत्तिव्यवहार हेर्दा महिलामाथि भएको अन्याय देखिन्छजिउँदै महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने अवस्था देखिन्छ।”

पहिलेको अरेबियन कालमा सुडान, इजिप्टजस्ता देशमा महिलाहरू डाक्टर, विदुषी आर्थिक रूपमा सक्षम थिए।”

आर्यनहरूको संस्कृति उदार थियो, तर मुसलमानहरूले हमला गर्न थालेपछि सात वर्षका बालबालिकाको विवाहजस्ता प्रथाले समाज संकीर्ण बन्दै गयो।”

यी अभिव्यक्तिहरू सार्वजनिक भएको केही क्षणमै देशविदेशका मुस्लिम समुदाय आक्रोशित बनेका छन्मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको भनाइलाईधर्म समुदायलाई गलत रूपमा चित्रण गर्ने तथा नेपालजस्तो बहुसांस्कृतिक समाजमा घृणा फैलाउनेप्रकृतिको बताएका छन्

 मुस्लिम समुदायको कडा प्रतिक्रिया

नेपालका प्रमुख मुस्लिम संघसंस्थाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कार्कीको अभिव्यक्तिलाईसम्पूर्ण मुस्लिम जनतामाथिको सामूहिक अपमानभनेका छन्संवैधानिक पदमा बसेको व्यक्तिले तथ्यहीन धार्मिक भावनामा असर पर्ने अभिव्यक्ति दिनु मुलुकको सामाजिक सद्भावमाथि गम्भीर प्रहार भएको उनीहरूको तर्क

देशविदेशका नेपाली मुस्लिमहरूले पनि विभिन्न माध्यमबाट प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन तथा तत्काल सार्वजनिक रूपमा माफी माग्न आह्वान गरिरहेका छन्तर सरकार प्रधानमन्त्री कार्यालय मौन बसेकोले आक्रोश थप बढेको मुस्लिम समुदायको टिप्पणी

देशभर मुस्लिम समुदायबीच चर्किन थालेको असन्तोषबीच अब प्रधानमन्त्री कार्कीले कस्तो प्रतिक्रिया दिनेछिन् भन्ने प्रश्न उठ्दैछ