शियाराम यादव ,मंसिर -०६
अपाङ्ग बालबालिकाको शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्ने उद्देश्यले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, मधेस प्रदेश कार्यालय (क्लब फुट क्लिनिक) लहानले सिरहा, सप्तरी र धनुषा जिल्लाका ६० जना अपाङ्ग बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। लहान नगरपालिका–३ का वडा अध्यक्ष राम दयाल महतो विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
वितरण सामग्रीमा स्कुल ब्याग, कॉपी, पेन्सिल, इरेजर, कटर, स्विटर, टोपी, मोजा लगायतका शैक्षिक तथा न्यानो पहिरन सामाग्री समावेश थिए।मधेस प्रदेशका प्रमुख भोगेन्द्र महतोका अनुसार, यस कार्यक्रमले अपाङ्ग बालबालिकाको आत्मविश्वास, अध्ययन रुचि र मनोबल वृद्धि गर्न सकारात्मक प्रभाव पारेको छ।
अभिभावकहरूले यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालयमा टिकाइराख्न र आत्मविश्वास विकासमा महत्त्वपूर्ण योगदान पुगेको बताएका छन्।




















