बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा २ कोठे भवन हस्तान्तरण, उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर ४, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा २ कोठे भवन हस्तान्तरण, उद्घाटन समारोह भव्य रूपमा सम्पन्न
Rampam
3D Education Lahan

शियाराम यादव ,मंसिर -०४

लहान नगरपालिका–२३ स्थित श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा नवनिर्मित दुई कोठे भवनको हिजो  एक भव्य समारोहबीच उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। भवन उद्घाटन जिल्ला समन्वय समितीका प्रमुख दिनेश कुमार महतो र वडा अध्यक्ष बद्री यादवले संयुक्त रूपमा उद्घाटन गर्दै विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

उद्घाटन समारोहमा वडा सदस्य सत्रुधन यादव, लहान जसपा नगर समिति अध्यक्ष रामउदगार महतो, समाजसेवी राम विलाश यादव, जसपा नेपालका वडा समिती अध्यक्ष जागेश्वर यादव लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो दुई कोठे भवनले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, सुरक्षा र अध्ययन वातावरणलाई अझ सहज, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ। आधुनिक सुविधासहित निर्मित भवनले विद्यार्थीहरूको सिकाइ क्षमता वृद्धि गर्न र शिक्षक–विद्यार्थी दुवैका लागि अनुकूल वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रम जिल्ला समन्वय समिती प्रमुख दिनेश कुमार महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सहभागीहरूका अनुसार यो पूर्वाधार विकास विद्यालय मात्र होइन, समग्र लहान–२३ को शिक्षाको उज्ज्वल भविष्यतर्फको महत्त्वपूर्ण कदमका रूपमा  रेकर्ड  गरिएको छ।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]