लहान–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई केन्द्रको २०औँ वार्षिक साधारण सभा सम्पन्न
शियाराम यादव ,कार्तिक- २९
लहान–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई केन्द्रले आफ्नो २०औँ वार्षिक साधारण सभा हिजो शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम मिथिला सामुदायिक भवनमा संस्थाका अध्यक्ष विलेक्ष्न महतोको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले साधारण सभाको उद्घाटन गर्दै संस्थाले स्थानीय क्षेत्रमा गरेका अतुलनीय योगदानहरूको उच्च प्रशंसा गरे। उनले सामुदायिक विकासका लागि आफूहरू सधैं सहयोग र सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे।
विशिष्ट अतिथिका रूपमा लहान–२३ का वडा सदस्य शत्रुधन यादव, राकेश गुप्ता, अन्य जनप्रतिनिधि, स्थानीय अगुवा, पत्रकार तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा विगत वर्षको गतिविधि, आर्थिक विवरण, सफलताका प्रमुख पक्षहरू तथा आगामी वर्षका योजनाबारे विस्तृत प्रस्तुति र छलफल गरिएको आयोजकले जनाएको छ।सदस्य, स्थानीय समुदाय तथा हितग्राहीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र सार्थक बनाएको सहभागीहरूले बताएका छन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्