दोहा ।कास्की आदर्श समाज कतार र मातहतमा रहेको फेवा सास्कृतिक परिवार कतारको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । विगत वर्षहरुमा जस्तै आफ्नो संस्कार संस्कृति र परम्परालाई प्रवास बाट भएपनि जगेर्ना गर्ने उदेश्यले यस बर्ष पनि निरन्तरता दिदै देउसी भैलो कार्यक्रम-२०२५कतारको दोहा स्थित मुन्तजा पार्क नजिक रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न भएको हो।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थाका संरक्षकहरु, प्रमुख सल्लाहकार , सल्लाहकार सदस्यहरु,संस्थापक ,गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष एवं प्रदेश अन्तरगतका जिल्ला सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, सस्थाका पुर्व सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु,निवर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सस्थाका आजिवन,मानार्थ तथा साधारण सदस्यज्युहरु को उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष अग्निधर देवकोटाको शभापतित्त्वमा भएको कार्यक्रममा फेवा सास्कृतिक परिवार कतारका कलाकार बिसेष देउसी भैली कार्यक्रममा सास्कृतिक बाध्यबादन सहित आफ्नो मौलिक प्रस्तुति दिनुहुने एवं गायक तथा गितकार नयन शर्मा, रामचन्द्र सुनार महेश तामांग, राजेन्द्र सुनार,सुक बहदुर सुनार लगायतका कलाकारहरुले प्रस्तुत गरेको देउसी भैलीमा उपस्थिति सबैले नाचगान गरेर रमाइलो गरेका थिए ।

संस्थाका तृतीय उपाध्यक्ष रामदास भुर्तेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष अमृत विश्वकर्माले सहजीकरण गरेका थिए भने कार्यक्रमको संयोजक सस्थाका दित्तीय उपाध्यक्ष तथा फेवा सास्कृतिक परिवार कतारका संयोजक कृष्ण भण्डारीको रहेको थियो।
कार्यक्रमलाई समापन गर्दै सभापति देवकोटाले देउसी भैलो कार्यक्रममा भैलिनीलाई नैतिक भौतिक सहित आर्थिक दान गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै यहाँहरुले दिनुभएको दान संस्थाले सामाजिक कार्यमा नै खर्च गर्नेछ भन्ने जानकारी सहित कार्यक्रम सफल बनाउन खट्नुहुने सम्पूर्णमा अभार व्यक्त गर्दै समापन गरेका थिए।




















