लहान  । सिराहाको भगवानपुर गाउँपालिका -  १ मा रहेको बालासुन्दरी भगवत्ती मन्दिर निर्माण अलपत्र परेपछि स्थानीय चिन्तित भएका छन। लोकनायक सलहेसको बहिनी मानिने बालासुन्दरी भगवतीको मन्दिरमा सिराहा सप्तरी र छिमेकी मुलुक भारतका श्रद्धालुहरु आउने गर्छन र यहाँ भाकल गरेपछि मनोकामना पूरा भएको विश्वासका साथ यहाँ दिनहुँ भक्तजनको भिड लाग्ने गर्छ।
यस मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न  पुर्व गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवको पहलमा तीन करोड ७० लाख रुपियाँ लागतमा निर्माण थालिएको पाँच वर्षभन्दा बढी भए पनि अहिले काम ठप्प भएको स्थानीयहरु बताउछन। त्यहाँका स्थानीयहरुका अनुसार बालासुन्दरी ट्रस्टले मन्दिर निर्माणका लागि चार लाख रुपियाँको लागतमा जग निर्माण गरेको थियो। पछि गाउँपालिकाले पहल गर्दा मधेश प्रदेश सरकारले तीन करोड ७० लाख रुपियाँ विनियोजन गरेपछि थप काम अघि बढेको थियो। मन्दिरको दोस्रो तलामा भार थाम्न नसकेर चर्केपछि अहिले काम ठप्प भएको हो।

1-64भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले दोस्रो तल्लामा चर्केको पिल्लर मर्मत गरी अगाडि बढाउन काठमाडौं स्थित इन्जिनियर एसोसिएसनका वरिष्ठ इन्जिनियरको सल्लाह मागिएको बतानुभयो। उहाँले भन्नुभयो, “मन्दिर निर्माण अघि बढाउन निकै प्रयास गरे पनि चर्केको पिल्लर मर्मत गर्नेको फेरि पुनर्निमाण गर्ने विषयमा पटक पटक प्राविधिकसँग गरेको छलफल निष्कर्षमा पुग्न नसकेपछि मधेश प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई आग्रह गदां उहाँले अनुगमन गरेर जानुभएको छ। प्रदेश सरकारबाट आउने प्राविधिक टोलीको सुझाव अनुसार मन्दिर निर्माणको काम अघि बढाइने बताउनु भयो।