रामएकवाल राम
दोहा  ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले दोहामा रहेको नसिम मेडिकल सेन्टर सङ्ग सहकार्य गरि स्तन क्यान्सर सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार दोहा स्थित सी रिङ्ग रोडमा रहेको नसिम मेडिकल सेन्टरमा सप्पन्न भएको कार्यक्रममा एनसीसी कतारकी महिला उपाध्यक्ष टौमाया गुरुङको संयोजकत्वमा भएको हो। कतारमा नेपाली समुदायकी प्रेरणा बन्न सफल व्यवसायी यसमिन नाजले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने डा. नुरुलिसा पलाथुरले स्तन (ब्रेस्ट) क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना तथा चिकित्सा सम्बन्धि जानकारी दिएकी थिईन।डा. पलाथुरले प्रारम्भिक लक्षण पहिचान, स्क्रीनिङको आवश्यकता तथा समयमै उपचार गराउदा हुने फाइदा बारे अत्यन्तै महत्त्वपुर्ण जानकारी गराउनु भएको थियो ।

FB_IMG_1761390993191

त्यस्तै एनआरएनए कतारले नेपाली समुदायको स्वास्थ्य जाँचहरुमा छुट हुने गरि समझदारी गरेको छ । सचेतना कार्यक्रमसंगै एनआरएनए एनसीसी कतार अध्यक्ष कृष्ण पन्थी र नसिम मेडिकल सेन्टरका सहायक प्रबन्धक असरफले नेपाली स्मुदायलाई आवश्यक पर्ने स्वास्थ्य जाँचमा छुट प्रदान गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर गरेको छ भने  कुनै निजी स्वास्थ्य संस्थासँग पहिलो सम्झौता भएको स्थानीय नेपाली व्यवसायी यास्मिन नाजले बताईन ।

विशेषज्ञ सेवामा ३० प्रतिशत, सिटि स्क्यान, एमआरआईमा १५ प्रतिशत, प्याथोलोजी जाँच, एक्सरे, अल्ट्रासाउन्डमा ३० प्रतिशत, डेन्टल, डर्माटोलोजीमा १५ प्रतिशत र कस्मेटिक टेन्टल, कस्मेटिक डर्माटोलोजी लगायतमा १० प्रतिशत छुटको सहमति गरिएको छ।