रामएकवाल राम
दोहा । नेवा पुच:कतारले म्ह: पुजा, नेपाल सम्वत ११४६ अर्थात न्हुदया भिन्तुना तथा दिपावलीको सुखद अवसरमा शुभकामना अदान प्रदान गरि भव्य रुपमा मनाएका छन।
बुधबार बेलुकी प्लाजा मल स्थित रहेको वेलफेएर रेस्टुरेन्टको सभाहलमा संस्थाकी अध्यक्ष जमुना श्रेष्ठको सभापतित्व तथा  आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको प्रमुख आतिथ्यता तथा विभिन्न संस्थाका अध्यक्ष एव प्रतिनिधि, बुद्धिजीवी , समाजसेवी पत्रकार लगायतको उपस्थिती रहेको थियो।
कतारमा छरिएर रहेका नेवार समुदायले यस वर्ष पनि आफ्नो मौलिक वर्ष  नेपाल सम्वत ११४६ अर्थात न्हुदया भिन्तुना तथा नेवारी परम्परा अनुसार गरिने म्ह:( आत्म) पुजा भव्य रुपमा मनाएका हुन। नेपाल सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

IMG_20251024_004700

म्हःपूजालाई आत्म पूजा वा ब्रम्ह पूजा पनि भन्ने गरेका छन् । ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरलाई आफैले पूजा गर्ने संस्कार मानिँदै आएको बताएको छ।
नयाँ वर्ष सँगै म्हःपूजा गरेर वर्षभरि कुनै रोग व्याधि नलागोस शरीर स्वास्थ्, स्वच्छ, पवित्र भएमा कुनै पनि दुःख हुँदैन । स्वस्थ शरीरले जुनसुकै कठिन काम गर्न सक्छ । त्यसैले महत्त्वपूर्ण शरीरलाई सधैँ पूजा गरी पवित्र, स्वास्थ्य राख्नु पर्दछ भन्ने मान्यताका साथ म्हः पूजा गर्ने चलन रहेको बताएको छ।
संस्थाको सचिव रामहरि श्रेष्ठले कार्यक्रम संचालन गरेको थियो।

FB_IMG_1761255952229