रामएकवाल राम

दोहा कतार: गण्डकी प्रदेश समन्वय परिषद, कतारले एक कार्यक्रमको आयोजना गरि शुभकामना अदान प्रदान सम्पन्न गरेका छन। गण्डकी प्रदेश समन्वय परिषद तथा सो प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरुको संयुक्त आयोजनामा बडा दशैँ, शुभ-दिपावली, नेपाल संवत र छठ पर्वका अवसरमा “बृहत् सांस्कृतिक एवम शुभकामना आदानप्रदान कार्यक्रम २०२५”  भव्यताका साथ मनाएको हो।

FB_IMG_1760817148560
सनैयामा स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा १७ सेप्टेम्बर, शुक्रबारका दिन प्रदेशका अध्यक्ष नन्दलाल विश्वकर्मा(अजय) को सभापतित्व तथा संस्थाका प्रमुख सचेतक आश बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न  संघ सस्थाहरुको अध्यक्ष एव प्रतिनिधि, बुद्दिजिबी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकार एवम गण्डकीवासी तथा गैर-गण्डकीवासीहरुको बाक्लो उपस्थिति रहेको थियो।
गण्डकी प्रदेश अन्तर्गतका सक्रिय जिल्ला संस्थाहरु, स्याङ्गजा, कास्की, बाग्लुङ,पर्वत,म्याग्दी,तनहुँ,लमजुङ, गोरखाले  संयुक्त आयोजना गरिएको कार्यक्रम हरेक वर्ष जस्तै पृथक ढंगले संचालन गरिएको थियो । नेपालीहरुको महान पर्वहरु एकैसाथ, एकै छाना मुनि, घरदेशको तिर्सना मेटाउन देउसी भैलो खेलेर, गण्डकी प्रदेशको सेरोफेरोमा गुन्जिने संगीत र साँगीतिक प्रस्तुतिहरुले  सभाहल गुन्जायमान बनाएको थियो । गण्डकी क्षेत्रलाई कला, गित, संगीतको उद्गमस्थल र उर्भर भुमि मानिन्छ । सोहीअनुसार प्रत्येक जिल्ला संस्था अन्तर्गतका कलाकाहरुले जिल्लाको पहिचान झल्काउने दमदार प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

FB_IMG_1760817155666

महिला तथा पुरुषहरुका लागी बस्ने सिटहरु अलक अलक छुट्टैइएको थियो । कार्यक्रममा अथिति तथा सहभागीहरुलाई क्रमसंख्याका आधारमा अन्तिमसम्म उपस्थित रहेनेलाई गोला-प्रथाद्वारा बिजेता छानी  प्रदेशका उपाध्यक्ष द्वय कल्याण थापा र अजुन संग्रौलाले  पुरस्कार प्रदान गरेका थिए। प्रमुख अथितिका रुपमा आसिन प्रदेशका संरक्षक  आश बहादुर गुरुङले प्रदेशले दिएको माया अनि अभिभावकत्वले आफु लाई थप जिम्मेवारीको महशुस गराएको र संस्थालाई अझै जुझारु तथा चुस्तदुरुस्त राख्न आफु हरदम प्रयासरत रहने बताएका छन।
प्रदेशका बरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक रोशन अर्यालले कार्यक्रममा वक्ताहरुले बोल्ने क्रममा कार्यक्रमको बिषय बस्तु माथि मात्र रहेर शुभकामना मन्तब्य राखेका अथितिहरु प्रति  सम्मान तथा आभार प्रकट गरेका छन् । कार्यक्रमको सहजीकरण प्रदेशका महासचिव मन प्रसाद राना मगरले गरेका थिए ।