काठमाडौ  - टी २० विश्वकप छनोटमा नेपालले पाँचौ जित निकालेको छ। बुधबारको खेलमा घरेलु टिम ओमानलाई ३८ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। 
बुधबारको खेलमा नेपालले पहिला ब्याटीङ गरी ओमनलाई १५२ रनको लक्ष्य दिएको थियो। २० ओभरमा नौ विकेट गुमाएर ओमान ११३ रनमा समेटियो। 
नेपालका लागि गुल्सन झाले ३, सोमपाल कामी र नन्दन यादबले २/२ सन्दीप लामिछानेले १ विकेट लिए । ब्याटीङतर्फ कुशल भुर्तेलले ६९, आरिफ शेखले २४ तथा गुल्सन झाले १८ रन बनाए। यो खेलअघि नै नेपाल र ओमान विश्वकपका लागि छनोट भइसकेको छ। 
यो जितपछि सुपर सिक्समा ८ अंकसहित नेपाल शीर्ष स्थानमा उक्लिएको छ। यसअअघि ओमान शीर्ष स्थानमा थियो। 
अब शुक्रबार नेपालले अन्तिम खेल सामोआविरुद्ध खेल्नेछ। हालसम्म नेपाल प्रतियोगितामा अपराजित छ।