सप्तरी - मुक्त हरवा चरवा अधिकार मंंच सप्तरीको त्रैमासिक समिक्षा बैठक सम्पन्न भएको छ।२०८२ असोज २५ गतेका दिन सुरुगा न.पा.४ कनकपुरमा द फ्रिडम फण्डको सहयोगमा जन चेतना दलित संगम द्धारा संचालित हरवा चरवा सशतिmकरण कार्यक्रम अन्तर्गत जिल्ला हरवा चरवा अधिकार मंचको त्रैमासिक बैठक सम्पन्न भएको छ ।
स्थानिय नगर मंच, जिल्ला मंच र केन्द्रिय हरवा चरवा अधिकार मंचले संयुतm रुपमा जुलाई देखी सेप्टेम्बर २०२५ सम्म गरेको गतिबिधीहरुको त्रैमासिक समिक्षा गर्न , हरवा चरवाको पुर्नस्थापनाको लागी अगामी कार्ययोजना निर्माण , अविरल बर्षामा समुहका सदस्यहरुको क्षती र राहत सम्बन्धमा छलफल र अन्तमा विजया दशै, शुभदिपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरेका छन ।
जिल्ला सचिव चन्दा पासमानले समुहका १९ घरधुरीका सदस्यहरुलाई कृषि महासंघको सहयोगमा कृषि मोटर, कृषि औजार, खाधमल गरी कुल १४५०० बरावरको सहयोग ल्याउन पहल गरेको बताएकीछिन । यस अबधीमा सुरुगा न.पा., बलानबिहुल लगायत जिल्लाका १२ वटा स्थानिय तहहरुमा हरवा चरवाको पुर्नस्थापनाको लागी बजेट विनियोजन गर्न, हरवा चरवाको पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण गराउन अभिमुखीकरण तथा ज्ञापन पत्र पेश गरीएको जिल्ला अध्यक्ष देब लाल रामले बताउनु भएको छ ।
भुमि समस्या समाधान आयोगमा छुटका लागी खुलेको भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन भर्न सहयोग गरीएको थियो । प्रमुख अतिथि दर्शन मंडलले केन्द्रिय मंचले प्रदेश स्तरमा हरवा चरवाको पुर्नस्थापना र कार्यविधिको लागी गरेको मुख्यमन्त्रि कार्यालयमा डेलीकेशन, पत्रकार सम्मेलन लगायत कार्यक्रमको अनुभव वारे जानकारी गराउनु भयो ।
अगामी कार्ययोजनामा जिल्ला भरीसंगठन विस्तार, भुमि आयोग पुर्नस्थापनाका लागी ज्ञापन पत्र पेश तथा जिल्ला प्रशासन कार्यालयमा डेलीकेशन जाने, स्थानिय तहहरुमा हरवा चरवाको लागी विनियोजन गरीएका बजेट कार्यान्वयनका लागी पहल गर्ने , स्थानिय समुह संगठनहरुमा मतदाता परीचय पत्र र निर्वाचन सम्बन्धी छलफल गर्ने , जिल्ला भरी हरवा चरवाको सदस्यता वितरण, हरवा चरवाको पुर्नस्थापना र कार्यविधिको लागी स्थानिय र प्रदेश तहमा डेलीकेशन जाने सम्बन्धमा छलफल गरी सामुहिक रुपमा कार्ययोजना तयार गरीएका छन ।
हरवा चरवा अधिकार मंचका जिल्ला अध्यक्ष देब लाल रामको अध्यक्षतामा बसेको उतm त्रैमासिक समिक्षा बैठकको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दर्शन लाल मंडल रहनु भएको थियो । विश्ष्ठि अतिथिहरुमा नागेन्द्र सदा केन्द्रिय महासचिव, सोमिन्त्रा खंग , मधुसदा केन्द्रिय सदस्य, सोमिन्त्रा राम उपाध्यक्ष जन चेतना दलित संगम, इन्द्र राम कार्यकारी निर्देशक, जिल्ला मंचका पद्धाधिकारी , केन्दिय मंचका पद्धाधिकारी गरी कुल २३ जनाको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन प्रेम कुमार विश्वकर्माले गर्नुभएको थियो।





















