शियाराम यादव , असोज २१ –
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
लहानमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले देशको समृद्धि, राजनीतिक स्थायित्व र जनआकांक्षाको सम्बोधनका लागि अहिलेको शासन प्रणाली पर्याप्त नरहेको बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ प्रभावकारी बनाउन यसको पुनःसंरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
यादवले पार्टीले संघीयता, सुशासन र समाजवादको मार्गमा अघि बढ्ने संकल्प गर्दै देशको समावेशी र उत्तरदायी नेतृत्व निर्माणमा ध्यान केन्द्रित गर्ने बताउनुभयो।कार्यक्रममा जसपा नेपालका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




















