शियाराम यादव, असोज -२१

लहानमा आयोजित जनता समाजवादी पार्टी, नेपाल को पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा Gen Z पुस्ताका युवाहरू पनि औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको हातबाट युवाहरूले पार्टी सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा सहभागी युवाहरूले जसपा नेपालको नीति, विचार र सुशासनप्रतिको प्रतिबद्धता प्रशंसा गर्दै आगामी दिनमा पार्टीलाई नयाँ ऊर्जासाथ अगाडि बढाउने संकल्प व्यक्त गरेका छन्।

अध्यक्ष यादवले आफ्नो सम्बोधनमा जसपा नेपालले नयाँ पुस्ताको सोच, जोश र प्रविधिमैत्री दृष्टिकोणलाई राजनीतिक अभियानमा समाहित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले युवाहरूले मुलुकको समृद्धि, समानता र सुशासनका लागि सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै स्वागत गर्नुभयो।

सो कार्यक्रममा सिराहा जिल्ला समिति, लहान नगर समिति र आसपासका स्थानीय इकाईका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।नयाँ पुस्ताका युवाहरूको सहभागिताले पार्टीभित्र नयाँ जोश, उत्साह र ऊर्जाको संचार भएको सहभागीहरूले बताएका छन्।


कार्यक्रमको आयोजना जनता समाजवादी पार्टी, नेपाल सिराहा जिल्ला समितिले गरेको हो।