रामएकवाल राम

दोहा :- कतार भ्रमणमा रहनु भएका मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यलयका सचिव मोहम्मद लालबाबू कवारी ,उहाँको श्रीमती सुनैता खातुन र नयाँ पत्रीका दैनिकका सिराहा सम्वाददाता पत्रकार सुरेन्द्र कुमार कामतीलाई भव्य रुपमा स्वागत तथा सम्मान गरेका छन।

b0b0a7d0-5eb1-4152-b86a-0082bbb3ed02

 सोमबार बेलुकी मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा सप्पन्न  कार्यक्रममा मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्व तथा  सचिव मोहम्मद लालबाबु कवारीको प्रमुख आतिथ्यतामा  दोहामा स्थापित मधेसका विभिन्न संघ संस्थाहरुको प्रमुख एव प्रतिनिधिहरुको उपस्थितीमा स्वागत तथा सम्मान गरेको हो।

IMG-20250929-WA0192

सम्मान ग्रहणपश्चात सचिव कवारीले कतारमा सबैको माया, साथ र प्रेरणाले थप जिम्मेवार बनाएको बताए प्रवासमा राष्ट्रका सेवकलाई कर्मभूमिमा स्वागत र सम्मान गर्न पाउँदा आफूहरूलाई निकै खुसी मिलेको संस्थाका प्रमुखहरूले बताए ।

सचिव कवारीले बिदेशमा बसोबास गर्ने हामी पहिला नेपाली हौँ । त्यसपछि मात्र तराई–मधेसमा जन्मने मधेसी अनि पहाडमा जन्मने पहाडे हौँ । मधेस र पहाड मूल होइन भूगोल हो भन्दै दशै तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।

b1d1aad0-8bd3-4997-ac25-8379b22919ac