बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको बोदे बर्साईनमा उद्घाटन तथा हस्तान्तरण

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज ८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको बोदे बर्साईनमा उद्घाटन तथा हस्तान्तरण
Rampam
3D Education Lahan

उमेश कुमार साह बोदे बर्साईन : सप्तरीको बोदे बर्साईन नगरपालिकामा आधुनिक सुबिधा सहित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बुधबार एक कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (आरईईडी परियोजना) आर्थिक करिडोर कार्यालय बर्दिवास, महोत्तरी मार्फत सो भवन निर्माण भएको हो। पालिकास्तरको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले गरेका हुन्। सो भवनलाई आर्थिक करिडोर कार्यालय बर्दिवास महोत्तरीका कार्यालय प्रमुख राजेश साहले प्रमुख अतिथि एवम् नगरपालिकाका प्रमुख सिंहलाई हस्तान्तरण गरेका थिए।उक्त नवनिर्मित भवन २ करोड ७५ लाख ८७ हजार ३६ रुपैयाँ २१ पैसाको लागतमा बनेको हरिनारायण साहले जानकारी दिएका छन्। कार्यक्रम राजेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकी उप-प्रमुख रेणु कुमारी साह , वडा अध्यक्षहरू राज कुमार यादव , शिव नारायण यादव , किरण साह , रबिन्द्र कुमार साह , बैजनाथ चौधरी , सुनित कुमार यादव , मो मोजिबुर रहमान , स्थानीय कर्मचारी, समाजसेवी तथा स्थानीयवासी लगायतहरूको उपस्थिति रहेको थियो। बोदे बर्साईन नगरपालिकाका पशु शाखा प्रमुख गिरिन्द्र यादवले पहिले साँघुरो र चुहिने भवनमा बस्दा सेवा दिन असहज हुने गरेको तर अब सुविधा सम्पन्न भवन पाएपछि किसानलाई सहज हुने बताए । उनले माटो परीक्षण, बीउ उपचार, बाली उपचार लगायतका सेवा यही भवनबाटै उपलब्ध हुने बताए । यसैबीच, बोदे बर्साईन नगरपालिका - ६ का वडा अध्यक्ष राजकुमार यादवले, नयाँ भवन बनेपछि किसानले सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटेको बताए । उनले भने, पहिले परीक्षणका लागि बाहिर जानुपर्थ्यो, समय र पैसा दुवै खर्चिनुपर्थ्यो । अब नगरपालिकामा सुविधा पाइने भएपछि हामीलाई र स्थानीय कृषक्लाई ठूलो राहत भएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]