रामएकवाल राम

दोहा कतार: लामो समय देखि ब्लड क्यान्सर रोग संग लडिरहेकी एक जना नेपाली चेलीलाई एनआरएनए एनसीसी कतारले आर्थिक सहयोग गरेका छन।

सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका -१ घर भएकी ब्लड क्यान्सर पीडित नियाना कोईरालालाई उपचारमा थप सहयोगको लागि पीडितका बुवा हेमकुमार कोईरालालाई आर्थिक सहयोग रु. ५७ हजार ७०० हस्तान्तरण गरेको हो।

शुक्रबारका ओल्डदरबार रेस्टुरेन्टको सभाहलमा सम्पन्न परिषद कतारको दोस्रो कार्यसमितिको बैठककामा क्यान्सर पिडितका बाबु कोईरालालाई अध्यक्ष पदम गिरि, प्रमुख सल्लाहकार केशब कार्की लगायत कार्यसमितिको रोहोबरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । 

पिडितका पिता कोईराला हाल बैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत छन।अस्पतालले दिएको जानकारी अनुसार छोरीको उपचारका लागि करिब चौधलाख रुपैया आवश्यक पर्ने भएको हुदा, परिवारको आर्थिक अवस्था दयनीय भएको हुँदा रकम जुटाउन गार्हो परेकाले पिता कोईरालाले विभिन्न परोकारी तथा सामाजिक संस्थाहरु संग सहयोगका लागि अपिल गरेका थिए । 

परिषद कतारका द्वितीय उपाध्यक्ष सुवास सिहं थापाको अगुहईमा उक्त अभियानबाट ५७ हजार ७०० रुपैया संकलन गरि पहिलो चरणको सहयोग हस्तान्तरण गरेको बताए । एनसीसी कतारले गरेको यो सानो प्रयासले छोरीको उपचारमा थप सहुलियत मिलेको भन्दै सम्पूर्ण सहयोगीमन लगाएत सिङ्गो एनसीसी परिवारलाई आभार व्यक्त गरेका छन।