बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपाली,मैथिली र भोजपुरी सांस्कृतिक उत्सव: ब्याक टु ९० स्टार नाईट कतार२०२५ हुने

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ ३१, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपाली,मैथिली र भोजपुरी  सांस्कृतिक उत्सव: ब्याक टु ९० स्टार नाईट कतार२०२५ हुने
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा , कतार :- नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट २०२५ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

दोहा  वोएब्स इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि व्याक टु ९० स्टार नाईट २०२५ मा मैथिली गायक सन्नु कुमार चर्चित गायक दुर्गेश थापा, , कबिता नेपाली , सपना चौहान,सृजना खत्री , सहित चर्चित भोजपुरी कलाकार शुभी शर्मा डान्सर प्रिती पासवान लगायतका कालाकारहरु कतार आउ लागेका हुन।

कार्यक्रम संयोजक रोशन अर्यालका अनुसार २६ सेप्टेम्बर २०२५, शुक्रबारका दिन बेलुकी ६:३० बजे देखि एसियन टाउन स्थित अम्पिथिएटरमा आयोजना हुनेछ।

उनले प्रवासमा पनि दशैंलाई सामूहिक तथा भव्यरूपमा एकै थलोमा मनाउन सकियोस् र एक दिन भए पनि कामको थकाइलाई मेट्न सकियोस् भन्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।कतारका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन। 

दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नेछ। कार्यक्रमले दशैको उमङ्ग, भाइचाराको भावना र विविध सांस्कृतिक सौन्दर्यलाई एउटै मञ्चमा प्रस्तुत गर्नेछ।

दर्शकहरूको पहुँचलाई ध्यानमा राख्दै विभिन्न वर्गको टिकटका लागि विभिन्न सपिङ्ग मल्ल तथा कार्यक्रम संयोजक रोशन अर्यालको सम्पर्क नम्बर +974 7066 5644 मा फोन गरि टिकट बुक गराउन सक्नु हुनेछ।

हालै नेपालमा जेंजी पुस्ताले परिवर्तनका लागि गरेको आन्दोलनमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दीक श्रद्धाञ्जली अर्पण गर्दे घाईते सम्पूर्णमा शिघ्र स्वास्थलाभको कामना सहित मृतकका परिवारजनको सहायताका लागि कार्यक्रमबाट हुने मुनाफाको केहि अंश आयोजकका तर्फबाट सहयोग गर्ने संयोजक अर्यालले जानकारी गराए।



Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]