लहान :- भगवानपुर गाउँपालिका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन पालिका भवनमा आगो लगाएको नेकपा एकीकृत समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष चन्द्र नारायण यादवले आरोप लगाएका छन।

नेता यादवले समाजिक संजाल फेसबुकमा लेख्दै भगवानपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन,जेनजी युवाहरुको नाममा आफ्नै कार्यकर्ता परिचालन गरि आगो लगाएको आरोप लगाएका हुन।

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरू प्रतिको वितृष्णाले निम्त्याएको जेनजी आन्दोलनको क्रममा गत भाद्र २३ र २४ गते तोडफोड र आगजनीबाट देशको विभिन्न ऐतिहासिक संरचना लगायत भौतिक संरचनामा ठुलो क्षत पुगेको थियो।

यता गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले जेनजी आन्दोलनको क्रममा दिवंगत भएका जेन-जी पुस्ताका युवा, विद्यार्थी भाइबहिनिहरुको दु:खद निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पालिकाबाट प्रवाह हुने सेवा अझ केही दिन लाग्ने बताउनु भएको छ।

IMG_20250916_094653