दोहा कतार  :सामुदायिक प्रहरी विभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। 

गत शनिबारका बिन उम्रन स्थित सिभिल डिफेन्सको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाहरुकस अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा सामुदायिक प्रहरी विभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैहको,पहल तथा साझेदारी शाखाका अधिकृत प्रथम लेफ्टिनेन्ट अब्दुल अजिज अलमुहनाडी लगाएतका उच्च अधिकारिहरु एवंम् नेपाली राजदुतावास कतारका श्रम सहचारी प्रेम प्रसाद पोखरेलको उपस्थित रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ड़ा ईब्रहीमले नेपाली समुदायद्वारा सहकार्य गरेको कार्यक्रममा पहिलो पटक सहभागी भई सामुदायिक प्रहरीका बारेमा, लागु-औषध ओसारपसार नियन्त्रण लगायत कानुन सम्बधित जनचेतना  समुदायलाई  प्रशिक्षित गराउदा पाउदा खुसि व्यक्त गरे।

नेपाली समुदायको तर्फ बाट उत्साहजनक उपस्थिति रहेको प्रशंसा गर्दै कार्यक्रममा नेपाली दुतावास तथा एनसीसी कतारलाई धन्यवाद ज्ञापन गरेका थिए । विभागका अन्य उच्च अधिकारिहरुले आप्रवाससी सम्बन्धि  कानूनी व्यवस्थाका बारे प्रकाश परेका थिए ।नेपाली राजदूतावासका श्रम सहचारी पोखरेलले सम्बोधनका क्रममा महत्वपूर्ण सचेतना मुलक कार्यक्रम आयोजना गरि प्रशिक्षण प्रदान गर्ने अवसर प्रदान गरेकोमा सामुदायिक प्रहरीलाई हार्दीक कृतज्ञता प्रकट गर्दै, यस्ता सन्देशमुलक कार्यक्रमहरु आगामी दिनमा पनि आयोजना गर्ने अपेक्षा राख्दै, एनसीसी कतार लाई धन्यबाद ब्यक्त गरेका थिए । 

कार्यक्रमलाई  सहजीकरण तथा भाषा अनुवाद गर्दै जनसम्पर्क अधिकृत डाक्टर बहाउदीन हुदावीले कतारको भेषभूसा, रहनसहन, संस्कृतिका बारे जानकारी सहित प्रशिक्षण प्रदान गरेका थिए ।नेपाली समुदायको तर्फ बाट गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्ष गिरीले भर्खरै नेपालमा भएको घटनाका बारे जानकारी दिदै आगामी कार्यक्रम अझै बृहत सहभागी हुने आशय ब्यक्त गरेका थिए । विभाग प्रमुख लगायत अन्य उच्च अधिकारीलाई धन्यवाद ब्यक्त गर्दै कतारमा रहेका नेपाली तथा आम श्रमिक वर्ग विशेष गरि नेपाली समुदाय बिच यस्ता प्रभावकारी सचेतनाका विभिन्न कार्यक्रमहरुमा निरन्तर सहकार्य गर्ने, गृहमन्त्रालय द्वारा सम्प्रेषण गरिने सुचना तथा निर्देशनहरु आम श्रमिक माझ पुर्याउन एनसिसि कतारको कोशिस रहने बताएका छन।