शियाराम यादव , भदौ- २७
हालै Gen Z समूहद्वारा गरिएको आन्दोलन/प्रदर्शनका क्रममा विभिन्न सरकारी भवन, स्थानीय तहका कार्यालय तथा निजी संस्थामा तोडफोड, आगजनी र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ।कार्यालयले जारी गरेको सूचनामा केही व्यक्तिहरूले सरकारी तथा सार्वजनिक सम्पत्ति, नगद रकम र विभिन्न सामग्री चोरी गरेको प्रमाण CCTV फुटेज, TikTok, Facebook लगायतका सामाजिक सञ्जालमा स्पष्ट देखिएको उल्लेख छ।यस सम्बन्धमा चोरी वा लुटपाट गरी लगिएको सम्पत्ति तुरुन्तै (७ दिनभित्र) जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको छ। सो अवधिमा सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानुन बमोजिम कानूनी कारबाही हुने चेतावनी दिइएको छ।

















