रामएकवाल राम

दोहा कतार : राष्ट्रिय हरियाली उदेश्यको लागि मधेसी सङ्गठन कतारको दोस्रो महाअधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ ।

शुक्रबार सनैयास्थित लालीगुरास रेस्टुरेन्टको सभा हलमा वडा दशै तिहारको शुभकामना आदानप्रदान सहित सम्पन्न महाअधिवेशनको बन्द सत्रबाट प्रदिप कुमार ठाकुरले दोस्रो  कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन।

कार्यसमितिका पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष पदमा देवेन्द्र कुमार ठाकुर,द्वितीय उपाध्यक्षमा राजकुमार ठाकुर, महासचिव रामनाथ नायक,सचिवद्वय विन्देशवर ठाकुर, सचिव चन्द्रा मण्डल ,कोषाध्यक्ष विजय कुमार राउत ,सहकोषाध्यक्षमा विजय कुमार राउत चञ भएका छन।

त्यस्तै सदस्यहरुमा राजा साह,श्याम साह तेलि,रामअशिस यादव,देवेन्द्र ठाकुर बटेश्वर ,शिव प्रताप साह,चन्द्रदिप यादव,विनोद पासवान, रामनारायण प्रसाद, राउत सर्वसम्मत चयन भएका हुन।

त्यस्तै प्रमुख सल्लाहकारमा विशेश्वर प्रसाद यादव,सल्लाहकारहरु, रामअधीन यादव, पवन ठाकुर, रामहृदय साह, कमलेश महतो, र विरेन्द्र साहलाई चयन गरेका हुन।

संस्थाका सचिव रामनाथ नायकले स्वागत मन्तव्य राखेको महाअधिवेशनको खुला सत्रमा विशेश्वर प्रसाद यादवको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि पन्थीले यो संस्था नेपाल वृक्षरोपण कार्य गरेकोमा मनाव जातिका लागि सराहनीय काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै एनसीसीसँग सहकार्य गर्नका लागि आह्वानसमेत गरेका थिए । 

अधिवेशनमार्फत पत्रकार, कलाकार सामाजिक व्यक्तित्वसहित प्रमुख अतिथिलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक,  व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । सङ्गठनका उपाध्यक्ष प्रदिप कुमार ठाकुरले सहजीकरण गरेको कार्यक्रमलाई सभापति विशेश्वर प्रसाद यादवले उपस्थित सबैमा आभार व्यक गर्दै समाप्न गरेक थिए।