रामएकवाल राम
दोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल पुनः कतार आउने भएको छ।
नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट कतार २०२५ सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गायक सन्नु कुमार पुनः कतार आउन लागेको हो। कार्यक्रम अगामी सेप्टेम्बर २६ तारिख बेलुकी ६:३० बजे देखि ग्राण्ड मल्ल स्थित अम्पिथिएटरमा हुने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए।
संयोजक अर्यालका अनुसार दोहा वेभस इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि व्याक टु ९० स्टार नाईट २०२५ मा चर्चित गायक सन्नु कुमार, दुर्गेश थापा ,कबिता नेपाली , सपना चौहान,सृजना खत्री , सहित चर्चित भोजपुरी कलाकार शुभी शर्मा डान्सर प्रिती पासवान लगायतका कालाकारहरु कतार आउ लागेका हुन।
दर्शकहरूको पहुँचलाई ध्यानमा राख्दै टिकटका लागि विभिन्न सपिङ्ग मल्लमा तथा कार्यक्रम संयोजक रोशन अर्यालको सम्पर्क नम्बर +974 7066 5644 मा फोन गरि टिकट बुक गराउन सक्नु हुनेछ।





















