रामएकवाल राम
दोहा - जनता समाजवादी पार्टी ( जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा प्रशिक्षण, आन्तरिक भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार बेलुकी कतारको सनैया स्थित लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा संस्थाका अध्यक्ष मनिष यादवको सभापतित्वमा तथा विशेष सल्लाहकारहरु शिव कुमार महतो, मोहम्मद तनवीर रेजा, सन्दिप मण्डल , कलाम हुसेन खान , अबधेश मण्डल सचीव ईसिलाल पण्डित आमन्त्रित अतिथि गायतका अन्य सहभागीहरुले आ- आफ्नो सुझाव सहित मन्तव्य राखेका थिए।
अध्यक्ष यादव प्रशिक्षण दिदै नेपालको समामायिक राजनीतिक विषय वस्तु , संगठन विस्तार , समाजिक संजालमा सक्रियता, ईकाई कमिटी गठन तथा नेपालीहरुको महान चाड वडा दशैको अग्रिम शुभकामना व्यक्त गरेको कोषाध्यक्ष जय प्रकाश यादवले जानकारी दिए।
जसपा नेपालले भूमि विधेयकको विरोधमा देशैभरी प्रदर्शन गरिरहेको छ। भूमिसम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भई तराई-मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै सङ्गठनले यसको विपक्षमा रहेको थियो।
सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरी अध्यादेश देश र जनताको हितमा नभई रियल स्टेट,
भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको रहेको विभिन्न वक्ताहरुले बताए। मधेशको वन जंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्य बोकेर वर्तमान सरकार उक्त अध्यादेश ल्याउन लागेको हो, त्यसमा समर्थन नगर्दा अध्यक्ष उपेन्द्र यादवलाई फसाउन षड्यन्त्र स्वरुप गौरकाण्ड अगाडि ल्याएको बताउछन।
सङ्गठनका सचिव रामएकवाल रामले कार्यक्रम संचालन गरेको थियो।























