बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

एनआरएनए एनसीसी कतारको नयाँ कार्यसमितिद्वारा नेपाली राजदूतसँग विशेष भेटघाट सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १२, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनआरएनए एनसीसी कतारको नयाँ कार्यसमितिद्वारा नेपाली राजदूतसँग विशेष भेटघाट सम्पन्न
Rampam
3D Education Lahan

शियाराम यादव,भदौ -१२(दोहा कतार)

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको एघारौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेपाल राजदूतावास कतारमा गएर महामहिम राजदूत  रमेश चन्द्र पौडेलसँग विशेष भेटघाट गरेको छ।

नवनिर्वाचित अध्यक्ष पदम गिरीको नेतृत्वमा पुगेको टोलीमा आईसीसी सदस्यहरू, परिषद्का मानार्थ सदस्य तथा पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, पूर्व अध्यक्ष एवं वर्तमान अन्तर्राष्ट्रिय सल्लाहाकार कमलमणि गुरागाईलगायतको सहभागिता रहेको थियो।भेटका क्रममा अध्यक्ष गिरीले संस्थागत एकताको महत्वप्रति जोड दिँदै भने, “हामी प्रतिस्पर्धा गरेर आएका होइनौँ। केन्द्रले देखाएको बाटो पछ्याउँदै संसारभर स्थापित एनसीसीहरू सरह कतारमा पनि अघि बढ्नेछौँ।” साथै, विगतमा दूतावाससँग रहँदै आएको सहकार्यलाई स्मरण गर्दै आगामी दिनमा श्रमिकका समस्या समाधानका क्रममा दूतावासले अझ सहजता प्रदान गरिदिनुपर्नेमा उनले आग्रह गरे।

यस अवसरमा राजदूत पौडेलले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै नेपाली श्रमिकका पक्षमा जिम्मेवार ढंगले काम गर्न प्रेरित गरे। उनले केन्द्रस्तरमा देखिएको विवादका कारण संस्थागत विभाजन हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै भने, “संस्थागत रूपमा विभाजन देखिए पनि मन विभाजन हुनु हुँदैन। सामाजिक कार्यमा सहकार्यको भावना राखियो भने सामाजिक मान्यताको उचाइ अझै बढ्नेछ।”त्यसैगरी भर्खरै सम्पन्न भएको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सम्झौताबारे पनि राजदूत पौडेलले चर्चा गर्दै, उक्त सम्झौता विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूका लागि अत्यन्तै लाभदायक हुने विश्वास व्यक्त गरे।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]