बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सद्भाव युवा समाज कतारको आयोजनामा तिज कार्यक्रम सप्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सद्भाव युवा समाज कतारको आयोजनामा तिज कार्यक्रम सप्पन्न
Rampam
3D Education Lahan

दोहा, कतार : सद्‍भाव युवा समाज कतारले नेपाली नारीहरुको महान पर्व हतितालिका तिजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार साँझ नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष विजय गुरुङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले सांगीतिक प्रस्तुति दिएका थिए । 

परियारले 'भुल परे दाइ म त'सहित केही आफ्ना चर्चित गीत गाइन् भने पुनले माइतीको देशलगायतका तिजका गीतहरू गएकी थिइन् । संगीतमय माहोलमा दर खुवाउँदै सम्पन्न कार्यक्रममा कतारमा रहेका केही कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । तिज विशेष भएका कारण कार्यक्रममा सरिक सबै संघसंस्थाका महिला प्रतिनिधि, पत्रकार, प्रमुख अतिथिसहित सांगीतिक प्रस्तुति दिने सबै कलाकारहरूलाई दोसल्ला ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि केसीले सद्‍भावले वास्तवमै आफ्ना सत्कर्ममा विशेष इँटा थपेको बताउँदै दर खुवाएर चेलीहरूलाई आफ्नो पन दर्साउनु भएकोमा खुसी व्यक्त गरिन् ।

समाजका सचिव नवीन अर्याल र महासचिव चित्रबहादुर गुरुङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गुरुङले तिज नारी सशक्तीकरणको बिन्दु रहेको बताए । उनले सद्‍भाव समाजमा चेलीबेटी नभए पनि कतारमा रहेका चेलीबेटीको माइती बन्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा रुष्तम तामाङले स्वागत मन्तव्य राखेका थिए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]