बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सप्तरीको गौरा–बलानपट्टि पक्की सडक शिलान्यास, १४ करोड ८६ लाख लागतमा निर्माण हुने

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सप्तरीको गौरा–बलानपट्टि पक्की सडक शिलान्यास, १४ करोड ८६ लाख लागतमा निर्माण हुने
Rampam
3D Education Lahan

सप्तरी - सप्तरीको बोदे बर्साईन नगरपालिका –३ गौरा, सारस्वर , मधुबन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि सम्म पक्की सडकको सोमबार शिलान्यास गरिएको छ। एक समारोहका बीच , मधेस प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले भूमि पूजन गरी सडक निर्माणको शुभारम्भ गरेका हुन्। शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले जनताको भारी मतले निर्वाचित हुन सकेको कारण आफूले विकास निर्माणलाई प्राथमिकता दिएको बताए। उनले विशेष पहलमार्फत बजेट विनियोजन गराइएको उल्लेख गर्दै सो सडक निर्माणपछि हजारौं स्थानीय बासिन्दा लाभान्वित हुने धारणा राखे। कार्यक्रममा बोदे बर्साईन नगरपालिकाकी उपाप्रमुख रेणु कुमारी साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, वडा नम्बर १ का अध्यक्ष रबिन्द्र कुमार साह , वडा नम्बर ३ का अध्यक्ष शिव नारायण यादव , पुर्वाधार बिकास कार्यालय राजबिराजका लेखापाल बिरेन्द्र कुमार साह ,इन्जिनियर दिनेश ठाकुर , नेपाल प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी लगायत दर्जनौं स्थानीय वासी तथा नेताकार्यकर्ताको उपस्थित रहेको थियो। पुर्वाधार बिकास कार्यालय राजबिराज सप्तरीको आर्थिक सहयोगमा करिब १४ करोड ८६ लाख २० हजार ८ सय ४५ रुपैयाँ लागतमा निर्माण हुने सो सडकको ठेक्का यम/यस सारस सगरमाथा जेभी त्रियुगा –११, उदयपुरले पाएको छ। निर्माण कार्य २०८२ असार २५ गतेदेखि सुरु भई २०८४ असार १९ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्थानीय बासिन्दाले सडक निर्माण कार्य समयमै सम्पन्न भई सहज आवागमनको सुविधा मिल्ने अपेक्षा गरेका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]