बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गौरमा सर्वदलीय संघर्ष समितिको बृहत शक्ति प्रदर्शन

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ ९, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गौरमा सर्वदलीय संघर्ष समितिको बृहत शक्ति प्रदर्शन
Rampam
3D Education Lahan

रौतहट । गौर घटनालाई अतिरंजित गर्ने प्रयास भएको भन्दै रौतहटको सदरमुकाम गौरमा सर्वदलिय संघर्ष समितिले आज बृहत शक्ति प्रदर्शन गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर घटना सन्दर्भमा विभिन्न निकायले छानबिन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, वास्तवीक दोषी आजपा अध्यक्ष प्रभु साहलाई कार्यवाही गर्नुपर्ने माग राख्दै सर्वदलीय सर्वपक्षीय संघर्ष समिति रौतहटले आज शक्ति प्रदर्शन गरेको हो।

गौर घटना राजनीतिक घटना भएपनि राजनीतिक प्रतिशोध साध्ने नियतले सरकारले उपेन्द्र यादव सहितका नेतालाई फसाउन खोजेको भन्दै जसपा नेपाल, नेकपा एमाले, कांग्रेस, लोसपा नेपाल, नेकपा एसका नेताहरुले आज विरोध प्रदर्शन गरेको हो।

गौरको रामजानकी धर्मशालाबाट निस्केको रैली गौर परिकारमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो।रैलिमा उनीहरूले सरकारले राजनीतिक प्रतिशोध साध्न पाइँदैन, उपेन्द्र यादव लगाएतका निर्दोष नेतालाई झुठा मुद्दामा फसाउन पाइँदैन, झुठा मुद्दा खारेज गर, गौर घटनाको निष्पक्ष छानबिन गरी वास्तवीक दोषीलाई कार्यवाही गर, मानव अधिकार आयोग लगाएतका निकायले गरेको छानबिनको प्रतिवेदन सार्वजनिक गर लगाएतका नारा लगाएका थिए।

मधेशी क्रान्ति चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका पुर्व राज्य मन्त्री योगेन्द्र राय यादवले ओली सरकारले राजनीतिक प्रतिशोध साध्ने नियतले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई झुठा मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन्।

मधेश बिरोधी रहेको भूमि सम्बन्धी अध्यादेश हुबहु पास हुन नदिन पार्टी अध्यक्ष उपेन्द्र यादवले चट्टानी अडान लिएपछि आत्तिएका ओली सरकारले भूमि अध्यादेश पास गराउन सर्वोच्चबाट परमादेश जारी गराई उपेन्द्र यादवलाई तर्साउन र डराउन खोजेको नेता यादवले बताए।

भूमि सम्बन्धी अध्यादेश पास गराउन सहयोग नगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष उपेन्द्र यादव सहितका निर्दोष नेतालाई गौर घटनामा सुनियोजित तरिकाले फसाउने खोजेको नेता योगेन्द्र राय यादवले बताए ।

मानव अधिकार लगाएत निकायको प्रतिवेदन अनुसार गौर घटनाको वास्तवीक दोषी र योजनाकार तत्कालिन माओवादी नेता प्रभु साह भएपनि उनलाई कार्यवाही गर्नुको सट्टा कुनै संलग्नता नै नभएको आफ्ना अध्यक्ष उपेन्द्र यादवलाई बलजबर्जस्ती फसाउन खोजेको उनको आरोप छ।

बलजबर्जस्ति सरकारले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजे आफूहरु ठूलो विद्रोहमा उत्रिने उनले चेतावनी दिए।त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता बबन सिंहले गौर घटना तत्कालीन माओवादी नेता प्रभु साहको योजनामा भएको दाबी गर्दै सरकारले प्रभु शाहमाथि अनुसन्धान गरी कार्यवाही गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र गिरीले प्रभु साहको दम्भ, घमण्ड र अहंकारको कारण गौर घटना भएको बताएका छन् ।गौर घटनाको मुख्य दोषी नै प्रभु साह रहेकोले उनलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग उनले माग गरे ।लोसपा नेताहरुले समेत गौर घटना बारे सरकारले निष्पक्ष छानबिन गरी वास्तवीक दोषीलाई मात्र कार्यवाही गर्नुपर्ने धारणा राखेका थिए।

लोसपा र नेकपा एसका नेताहरुले मधेश नेताहरुलाई फसाउन प्रभु साहले बलजजबर्जस्ती किटानी जाहेरी दिन लगाएको आरोप लगाए।साहले दिन लगाएको जाहेर झुठा रहेको र गौर घटनाको मुख्य दोषी प्रभु साह नै रहेकोले उनीमाथि अनुसन्धान गरी उनलाई कार्यवाही गर्नुपर्ने माग उनीहरूले गरेका छन्।

१९ वर्ष अघि तत्कालीन मधेशी जन् अधिकार फोरम र माओवादीले गौरको राइस मिलमा एकै दिन एकै ठाउँमा कार्यक्रम आयोजना गर्दा झडप भई २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

सो घटना प्रभु साहको हठ, घमण्ड, अहंकारको कारण भएकोले घटनाको जिम्मा प्रभु साहले नै लिनुपर्ने र उनलाई नै कार्यवाही हुनुपर्ने सर्वदलीय सर्वपक्षीय संघर्ष समितिको जिकिर छ।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]