बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

सिरहाको बिष्णुपुरमा अन्तरजातीय प्रेम विवाद, किशोरी निर्घात कुटपिट अवस्था तनावपूर्ण

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ ४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहाको बिष्णुपुरमा अन्तरजातीय प्रेम विवाद, किशोरी निर्घात कुटपिट अवस्था तनावपूर्ण
Rampam
3D Education Lahan

शियाराम यादव ,भदौ -४

सिरहाको बिष्णुपुर गाउँपालिका–५, लक्ष्मिपुरमा अन्तरजातीय प्रेम सम्बन्धका कारण दुई परिवारबीच विवाद तीव्र बनेको छ।घटनामा घुस्का सदाकी १७ वर्षीया छोरी रन्जु सदा र सोही गाउँका करिब २० वर्षका धिरज महतोबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। केही दिनअघि उनीहरू घरबाट भागेर करिब १५ दिनसम्म संगै बसेका थिए। आफन्तहरूले खोजी गरी घर फर्काएपछि केटा पक्षले ‘उमेर नपुगेको’ र ‘सानी जातिको’ भन्दै सम्बन्धलाई अस्वीकार गरेको थियो।

विवाद प्रहरी चौकीसम्म पुगेपछि पञ्चायत बसेको थियो। कानुनी रूपमा उमेर नपुगेको कारण प्रहरीले दुबैलाई आफ्ना–आफ्ना अभिभावकको जिम्मामा दिएको थियो। तर, केटी पक्षले "मेरो छोरीको इज्जत गयो, अब बिहे गर्नै पर्छ" भन्दै अडान लिएको थियो।

यसपछि पुनः सहमति भएर केटा पक्ष विवाहका लागि राजी भएको बताइन्छ। तर रन्जु सदालाई केटाको घर लगेपछि, केटा पक्षकै केही व्यक्तिले धिरज महतोमाथि दबाब सिर्जना गर्दै बाहिर लगे र रन्जु सदामाथि निर्घात कुटपिट गरी घरको अगाडि फालिदिएको आरोप लागेको छ।घटनापछि सदा (पासवान) समुदाय आक्रोशित बनेको छ भने गाउँमा तनावपूर्ण अवस्था उत्पन्न भएको छ। अहिले घटनाबारे बिष्णुपुर प्रहरी चौकी मौन रहेको भन्दै पीडित पक्षले असन्तुष्टि व्यक्त गरेका छन्।

पीडित पक्षका अनुसार रन्जु सदा सानी जातको भएकै कारण केटा पक्षले विवाह अस्वीकार गरेको र त्यसैको आधारमा उनीमाथि कुटपिट गरिएको हो। समुदायले यसलाई जातीय विभेदको स्पष्ट उदाहरण भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।नेपालको संविधान र विद्यमान कानुनले जातीय विभेदलाई अपराधको रूपमा लिएको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार कुनै पनि व्यक्तिमाथि जात, समुदाय वा सामाजिक वर्गका आधारमा गरिएको भेदभाव, दुर्व्यवहार वा कुटपिटलाई संज्ञेय अपराध मानिन्छ। साथै, विवाहका लागि केटीको उमेर कम भएकाले यस प्रकरणले बालविवाहसम्बन्धी कानुन उल्लङ्घन गरेको संकेत पनि देखिन्छ।

स्थानीयवासीले यस घटनाले समाजमा अझै पनि जातीय सोच गहिरो रूपमा रहेको प्रस्ट पारेको भन्दै प्रहरी प्रशासनलाई तत्काल छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]