महोत्तरी - जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनाको नाउमा फसाउन खोजेको भन्दै महोत्तरीको सम्सीमा मशाल जुलुस प्रदर्शन भएको छ ।
जसपा गाँउ कमिटीका अध्यक्ष कैलाश यादवको नेतृत्व एवं केन्द्रिय सदस्य दिपक झा गुड्डुको अगुवाईमा सम्सी बजारमा साँझ मशाल जुलुस प्रदर्शन गरिएको हो ।
प्रदर्शनको क्रममा सम्सी गाँउपालिकाका नेता कार्यकर्ताको व्यापक सहभागिता रहेको थियो । उनिहरुले सरकारले आफनो रबैया नसुधारे नयाँ मधेश विद्रोहको शुरुवात हुने चेतावनी समेत दिएका छन ।




















