काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी विद्यार्थी युनियनको आयोजनामा आज विरोध प्रदर्शन गर्ने भएको छ।

गौर घटनाको सन्दर्भमा सरकारले सर्वोच्च अदालतको आडमा जसपा नेपालको नेतृत्वमाथि राजनीतिक पूर्वाग्रह एवं प्रतिसोध साधेको आरोप लगाउँदै पार्टीका समाजवादी विद्यार्थी  युनियनले विरोध प्रदर्शन गर्न लागेको हो।

विरोध तथा कोणसभामा युवा, महिला, मुश्लिम, थारु, आदिवासी जनजाति लगायतका समुदायको सहभागीतामा आज दिउँसो ४.०० बजे काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ।

१८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले सोमबार परमादेश दिएको थियो। गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो।