बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अल्ट्रा अभियान विरुद्ध प्रहरीमा उजुरी, सञ्चालकहरु माथि कारवाहीको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ २, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अल्ट्रा अभियान विरुद्ध प्रहरीमा उजुरी, सञ्चालकहरु माथि कारवाहीको माग
Rampam
3D Education Lahan

रंजित चौरसिया,वीरगंज २ भदौं ।

अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साह विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा आईतवार उजुरी परेको छ । 

अभियानका प्रतिनिधि नरेश प्रसाद यादव सहितका दर्जनौं व्यक्तिहरुले आफुहरुलाई अल्ट्रा अभियानले झुक्याएर मासिक रुपमा रकम असुली गर्दै आएको र चिठ्ठा परेको व्यक्तिहरुलाई सामान नदिएको भन्दै आफुहरुको रकम फिर्ता र आवश्यक कारवाहीको लागि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । 

उजुरी परे पनि कम्पनि र ठग सञ्चालकहरु माथि कारवाही गर्नु पर्ने ठाउँमा केही प्रहरीहरुले नै पिडितहरुलाई मिलापत्र गर्न दबाव दिईरहेको बुझिएको छ । अल्ट्रा अभियानलाई चलाउन र चिठ्ठा खेलाउनमा जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय पर्सामा सेटिङ्ग गराई दिने आँखाका एक जना बिचौलिया डाक्टरले अहिले सम्म सुध्रेका छैनन् । 

यस सन्दर्भमा पर्साका प्रहरी प्रवक्ता किशोर लम्साल सँग बुझ्दा वहाँले म आज दिनभरी बाहिर रहेकोले सो सन्दर्भमा जानकारी नभएको प्रतिक्रिया दिए । यसै सन्दर्भमा सुशासनको गफ दिनमा माहिर मानिएका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सँग यहाँले आउने बेलामा पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम राख्दा सोही कार्यक्रममा अल्ट्रा अभियानको बारेमा जिज्ञासा राख्दा यहाँले त्यतिबेला नै म चाडै यस बारे बुझेर के रहेछ ? त्यसो हो भने कारवाही गर्छु भने पनि हालसम्म कारवाही नभएको प्रश्न गर्दा प्रजिअ अर्यालले त्यता तिर मेरो ध्यानै गएको छैन, मेरो एजेन्डामा थिएन के रहेछ भोली म बुझछु भनि प्रतिक्रिया दिए ।

पाठकवृन्द, अल्ट्रा अभियानका सञ्चालकहरुले यस भन्दा अगाडि अभियान डिजिटल वल्र्ड प्रा.लि.को नामले करोडौं करोड असुलेर चिठ्ठामा परेका सामानहरु हजरौं सदस्यहरुलाई हालसम्म नदिएको एक एजेन्टले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । 

अभियान डिजिटलको नामले सदस्यहरुको रकम हजम गरे पछि विवाद उत्पन्न हुँदा ती ठग सञ्चालकहरुले अर्को कम्पनि अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. खडा गरेर एसी प्रोजेक्टको नाम दिदै ६ हजार ९ सय ९९ जना सदस्यहरु सँग प्रति व्यक्ति मासिक रुपले २२५० को दरले १ करोड ५७ लाख ४७ हजार ७५० रुपैया असुल्दै आएका छन् । 

एसी प्रोजेक्टमा १३ औं चिठ्ठा कार्यक्रम गत साउन ७ गतेका दिन बारा जिल्लाको कलैयाको एक होटलमा लुकिछिपि खेलाई सकेका अभियानका सञ्चालकहरुले १४ औं किस्ताको रकम उठाउन एजेन्टहरुलाई उर्दी जारी गरी सकेका छन् । 

अभियानका ठग सञ्चालकहरुले १३ औं किस्तासम्म २० करोड ४७ लाख २० हजार ७५० रुपैया असुली गरिसकेको स्रोतको भनाई रहेको छ । अल्ट्राको कार्यालय बसपार्क त्रिशुल चौक निर भए पनि लुकिछिपि चिठ्ठा खेलाउने काम कहिले वीरगंज, कहिले कलैया, कहिले निजगढ, कहिले हेटौडा र कहिले चितवन खेलाउने गरेको बताईन्छ । 

अभियानका सञ्चालकहरु गत कार्तिक ३० गते चितवन जिल्लाको रेनफोरेष्ट रिसोर्टमा लुकिछिपि चिठ्ठा खेलाउदै गर्दा तत्कालिन अवस्थामा प्रहरी उपरिक्षक गौतम मिश्रले चितवन जिल्लामा छदा सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता लगायतकालाई पक्राउ गरी चिठ्ठा ऐन अन्र्तगत मुद्दा दर्ता गरी थुनामा राखी कारवाही गरेका थिए । 

तर पर्सा जिल्लामा उनै प्रहरी उपरिक्षक मिश्र आईसकेपछि अभियानका ठग सञ्चालकहरुले खुल्लेयाम रुपमा असुली गर्दै चिठ्ठा खेलाई ठगी गरिरहंदा पनि हालसम्म उनीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा पिडितहरु आश्यर्चमा परेका छन् । 

एक अर्को ठगी मुद्दामा कृष्ण कुशवाहाको जाहेरीले दिपेश वर्णवाल हाल थुनामा रहेका छन् । अल्ट्रा अभियानको नाममा हजारौं व्यक्तिहरु सँग ठगेको करोडौं करोड रकम सञ्चालकहरुले कबाड पसल, ऋषि आदिवासी तेल, कलेज र क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएको बताईन्छ । दर्जनौं एजेन्टहरु मध्ये सोझासाझा सर्वसाधारणहरुलाई ललाईफकाई सबैभन्दा बढी सदस्य बनाउने र बढी कमिशन खाने अग्रपंक्तिमा रहेका घनश्याम ओझा कबाड पसलको काम हेर्दै आएको बताईन्छ । 

अल्ट्राका सञ्चालकहरु ऋषिकान्त गुप्ता, सुशिल सर्राफ, भरत साह र एजेन्टको अग्रपंक्तिमा रहेका घनश्याम ओझालाई पक्राउ गरी प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउंदा क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबारहरु घाम जस्तै छर्लङ्ग हुने पिडितहरुको भनाई रहेको छ । 

टिभी एसेम्बलिङ्ग गर्ने अनुमति लिएका अल्ट्रा अभियानले चिठ्ठा खेलाई करोडौं ठगी गरिरहंदा पर्सा प्रहरी प्रशासनको सुशासनको गफ नारामा मात्र सिमित रहेको भन्दै चिया पसलहरुमा जोडतोडले चर्चा चल्ने गरेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]