रामएकवाल राम
दोहा - मधेस युवा संघ कतारले धनुषाकी एक अति विपन्न परिवारका महिलालाई आर्थिक सहयोग गरेका छन।वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत मधेशी दाजुभाइले जनकपुरधाम उपमहानगरपालिका २३ बिन्हीका स्व. अंशु यादवकी आमा फेकनी देवी यादवलाई कतारबाट ९५ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन।
स्थानीय युवा बालबोध यादवको पहलमा मधेश यूवा संध नेपालका अध्यक्ष सुरेन्द्र सुर्या महतो समाजसेवी शम्भु चोैधरी,सत्यनारायण साह साथै आई लव मिथिलाका संचालक अरूण बिजैया,ईशिका भुजेल,अभिनाश झा उर्फ कलकतियाबाली लगायतले सो रकम फेकनी देवी यादवकै हातमा हस्तान्तरण गरेका छन।
आर्थिक सहयोग ग्रहण गर्दै पीडित यादवले यस कार्यमा अमुल्य समय दिई सहभागी हुनुभएकोमा अतिथीहरु लगायत स्थानीय आई लव मिथिला टीम आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी तथा मधेश युवा संघ कतारलाई अभार प्रकट गरेकी छन।




















