बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

विराटनगरमा निकालिँदै राधाकृष्ण रथयात्रा तयारी पूरा

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
विराटनगरमा निकालिँदै राधाकृष्ण रथयात्रा तयारी पूरा
Rampam
3D Education Lahan

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । 

यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ । यसैबिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार  कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सान्दर्भिक रहेको उल्लेख छ ।

उनका अनुसार धर्म, सत्य र कर्तव्य पालनका लागि श्रीकृष्णले दिनुभएको सन्देशले समाजलाई सत्मार्ग तर्फ डोर्याउने मात्र नभई समुन्नत र सुसंस्कारयुक्त बनाउन अभिप्रेरित गर्ने आधार बनेको छ ।राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भीडले फूल र बिरुवामा क्षति पुग्ने भन्दै विराटनगर महानगरपालिकाले बरगामीदेखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र बिरुवाको संरक्षणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ ।

महानगरले स्वयंसेवक परिचालन गरेर संरक्षण गर्ने नीति अघि सारेको हो । फूल र बिरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको थियो । महानगरको सभा हलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेयर कोइरालाले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

उनले फूल र बिरुवाको संरक्षणसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार भएमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनसमेत आग्रह गरे । तपाईँहरू पूर्ण अनुशासित भएर जिम्मेवारी पूरा गर्नुहोला । कसैले बदमासी गरेमा त्यसलाई तपाईँहरूले कुटपिट गर्ने र हुल हुज्जत गर्ने काम नगर्नुहोला,’ उनले भनेका छन् । यस्तै रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सुरक्षा योजना बनाइएको जनाएको छ ।

भिड व्यवस्थापन र सम्भावित आपराधिक गतिविधि हुन नदिन लागि १ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्रा कोशी प्रदेशका विभिन्न ठाउँबाट आज निकालिँदै छ । रथयात्राका कार्यक्रम दिउँसो १२ बजेपछि हुनेछन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]