रामएकवाल राम / शियाराम यादव

दोहा :- प्रवासी नेपाली एकता मञ्च, कतारद्वारा एनआरएनए एनसीसी कतारका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम बिच बधाई तथा सम्मान पत्रले सम्मान गरेका छन।

शुक्रबार नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिजको अवसरमा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरिको नेतृत्वमा २०२५-०२७ कार्यकालको लागि निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्रले सम्मान गरेको हो।

स्वदेशसँगै प्रवासमा पनि नेपाली हिन्दू महिलाको प्रमुख चार्ड तीजको रौनक सुरु भए सङ्गै प्रवासी नेपाली एकता मञ्च कतारले परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाई एकै स्थानमा भेला गराई हरितालिका तिज पर्व मनाएको हो।

संस्थाका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व  तथा एनआरएन एनसीसी कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना अदान प्रदान तथा दर खुवाउने  कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।

IMG-20250816-WA0033