रामएकवाल राम

दोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिज भव्य रुपमा मनाएका छन।

शुक्रबार नाजमा स्थित क्राउन प्लाजा होटेलको सभाहलमा संस्थाका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व  तथा एनआरएन एनसीसी कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना अदान प्रदान तथा दर खुवाउने  कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।

IMG-20250816-WA0033

कतारमा बसोबास गर्ने नेपाली चेलीबेटीहरुले रङ्गीचङ्गी पहिरन गरगहना  र रातो सारीमा सजिएर बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली दिदीबहिनीहरुलाई सामुहिक रुपमा भेला गरि नेपाली परम्परा अनुसार सेल रोटी खिर अचारका परिकारहरु सहित तिजको दर खुवाएको थियो।

IMG-20250816-WA0040

कार्यक्रममा तिजको गीतमा छमछमी नाचेका थिए जसले गर्दा नेपाली तिजको गीत संगीत र नाचले पुरै हल गुन्जायमान भएको थियो।

नेपाली राष्ट्रिय गान गाउदा नेपाली राष्ट्रियता झल्किएको थियो भने नेपाल निर्माणमा आफ्नो ज्यानको आहुती दिने ज्ञात अज्ञात शहिदप्रति एक मिनेट मौन धारण गरि शहिदहरु प्रति सम्मान व्यक्त गरिएको थियो ।प्रवासी नेपाली एकता मञ्च कतार सचिवालय सदस्य शुशिला राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा मंचका सचिव रुक बहादुर राणा भट्टले सन्चालन र सहजीकरण गरेको थियो।

कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरिको नेतृत्वमा २०२५-०२७ कार्यकालको लागि निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्रले सम्मानित गरेका थिए।

IMG-20250816-WA0038

दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष एव प्रतिनिधि समाजसेवी , बुद्धिजीवी , पत्रकार , कालाकारहरु बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई समाप्न गर्दै मंच कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति मोहम्मद मुक्तदा मुसलमानले कार्यक्रम लाई भब्य, सभब्य, तरिकाले सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।