विनोद अविरल

सिराहा - सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको पुल नजिक उत्तरतर्फको पूर्वी किनारमा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ ।

स्थानिय बासिन्दाले लुगाले बेरिएको अवस्थामा शिशुलाई देखेपछि तत्कालै ईलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए ।शिशु फालिएको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाबुराम खोलाको पुल नजिकै हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान कार्य जारी राखिएको धनगढी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले शिशु कसले र किन फालेको भन्नेबारे अनुसन्धान अगाडि बढाइरहेको छ ,भने घटनाले स्थानिय क्षेत्रमा चासो र चिन्ता उत्पन्न गराएको छ ।