जनकपुरधाम- मधेशमा दाइजो प्रथा बढ्दै जादा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छ। जनकपुरधाम-१४ मुजेलियाका लालबाबु साहका छोरा शुनिल साह र महेन्द्रनगर सखुवाका मनोज साहकी छोरी अन्सु साह बिच गत शनिबार जनै पुर्णिामाको दिन आदर्श विवाह गरेका हुन।
मधेशमा समाजिक समस्यको रुपमा रहेकोे दाइजो प्रथालाई चुनौती दिदै बेहुला शुनिल साहले आदर्श विवाह गरेका छन।मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवाले विवाहमा दहेज प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे केटाको दहेज मागले समाज अक्रान्त बनिरहेको बेला साहले आदर्श विवाह गरेर समाजमा सकारात्मक संदेश दिएको जय मा जानकी समाज सेवा कतारका अध्यक्ष तथा बेहुलाका बुवा लालबाबु साहले बताउछन।
बुवा लालबाबु साहले वैवाहिक बन्धनमा बाधिएका बेहुला शुनिल साह र बेहुली अन्सु साहलाई वैवाहिक जिवनको शुभकामना दिदै मधेशमा रहेको दाइजो प्रथालाई न्यूनीकरण गर्नका लागि सकारात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य रहेको उनले बताए। हामी सबैले अठोट गरेमा समाजमा रहेको विद्यमान कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता बिस्तारै न्यूनीकरण भएर जाने विश्वास लिइएको




















