रामएकवाल राम

दोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज मनाउने भएको छ।

अगामी शुक्रबार अगस्ट १५ तारिख बिहान ११ बजे देखि नाज्मा स्थित क्राउनप्लाजा होटलको सभाहलमा हरितालिका तिजको अवसरमा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुति सहित शुभकामना - आदानप्रदान गरि सो पर्व मनाउन लागेको हो।

मञ्च कतारले परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाउन एकै स्थानमा भेला गराई हरितालिका तिज पर्व मनाउन लागेको हो।

हरेक वर्ष नेपालबाट कलाकारहरुलाई आमन्त्रित गर्दै आइरहेकोमा यसपाली कतारमा रहेर नेपाली कला सस्कृतीलाई जोगाउदै,कतारमा हुने विभिन्न कार्यक्रमहरुमा उत्कृष्ट कला देखाउदै आइरहेका कलाकारहरुको विशेष तीजमय साँस्कृतिक कार्यक्रम रहेको मञ्चका सचिव रुप रानाभाटले जानकारि गराए । 

उक्त कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक तथा सामाजिक संघ संस्था प्रमुखहरु, पत्रकार ,ब्यवसायी, कलाकार तथा साहित्यकारहरु, साथै कतारबासी सम्पुर्ण दाजुभाई तथा दिदि बहिनिहरुमा उपस्थितीको लागि अनुरोध गरेका छन।