काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त भएका छन।

राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको गत फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार पार्टीको विभिन्न पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरिएको हो ।

लामो समय कतारमा रहेर तराई मधेस विभिन्न सामाजिक संघ  सस्थामा काम गर्दै आएका हुसैन राष्ट्रिय मुक्ति पार्टी नेपालको  सचिवमा नियुक्त भएका हुन् ।