रामएकवाल राम

दोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन हुने भएको छ।

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुत्र लवकुश जयन्तीकै दिन कुशकाहा कल्याण समाज कतारको अधिवेशन गर्न लागेको हो।अगामी अगस्ट ८ तारीख शुक्रबारका दिन कतारको सनैया प्लाजा स्थित मल्ललाली गुराँस रेस्टुरेन्टको सभाहलमा दिउँसो २:३० बजे देखि कार्यक्रम हुने समाजका अध्यक्ष कमलेश कुमार महतोले जानकारी दिए।

अधिवेशनमा कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य माननीय श्री राज कुमार सिंहको प्रमुख आतिथ्यतामा हुने बताएको छ।

त्यसैगरी कतारमा रहनु भएका  सम्पूर्ण समाजसेवी बौद्धिक व्यक्तित्व, विभिन्न भातृ संगठनका प्रमुखहरु एंव संघ संस्थाका प्रमुखहरु, पत्रकारहरु, कलाकार साहित्यकार  लगायत सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल बनाई दिन हुन संस्थाका।अध्यक्ष कमलेश कुमार महतोले अनुरोध गर्नु भएको छ।