रामएकवाल राम
दोहा - कतारमा साइबर अपराध सम्बन्धि कानूनको संशोधन जारी गरेको छ। कतारको सार्वजनिक स्थानमा अनधिकृत फोटो , भिडियो खिच्ने र उनीहरुको अनुमानि बिना समाजिक संजालमा साझा गर्नेलाई कडा सजाय हुने कतारको न्याय मन्त्रालयले जनाएको छ।
मन्त्रालयले एक सुचना जारी गर्दै २०२५ अगस्ट ४ मा प्रकाशित गरेको अधिकारिक गजेट (संख्या २०, सन् २०२५) अनुसार, साइबर अपराधसम्बन्धी पुरानो कानुन (नं. १४, सन् २०१४) मा संशोधन गर्दै नयाँ दफा ८ (विस) थप गरिएको छ।
नयाँ कानुन अनुसार,यदि कसैले सार्वजनिक ठाउँमा रहेका व्यक्तिहरूको गोपनीयता उल्लंघन गर्दै अनधिकृत रूपमा फोटो वा भिडियो खिचे र तिनीहरूलाई बिना अनुमति इन्टरनेट वा सामाजिक सञ्जालमा पोष्ट गरे, भनेत्यसलाई अधिकतम एक लाख कतारी रियाल जरिवाना वा एक वर्षसम्मको जेल सजाय वा दुबै सजाय दिन सकिने बताएको छ।
कतार सरकारले व्यक्तिगत गोपनीयताको संरक्षणका लागि यो कानुन कडाइका साथ लागू गर्ने बताएको छ।त्यसैले सार्वजनिक ठाउँमा कुनै पनि व्यक्ति देखिनेगरी भिडियो खिच्दा,टिकटक बनाउदा,सधैं सावधानी आग्रह गरेको छ।




















