रामएकवाल राम
दोहा :- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशनबाट कार्यसमिति सदस्य पदमा शियाराम यादव निर्विरोध निर्वाचित भएका छन।
गत विहिबार जुलाई ३१ तारीख गोर्खाली रेस्टुरेन्टको सभहलमा निर्वाचन समितीका संयोजक कमलमणि गुरागाईँले यादवलाई एनआरएनए कतारतर्फबाट प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नेपालमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएपछि रोजगारीका सिलसिलामा कतार आइपुगेका यादव यहाँका विभिन्न सामाजिक संघ–संस्थामा निरन्तर सक्रिय रहँदै आएका छन्। कतार आगमनपछि नेपाली समाज कतारमा प्रेस संयोजकको जिम्मेवारी सम्हाल्दै आएका यादव नेपाली समुदायका लागि उल्लेखनीय सेवा पु-याउँदै उनलाई सोही सङ्गठन नेपाली समाज कतारले एनआरएनएमा उम्मेदवारीका लागि सिफारिस गरेको थियो।
निर्वाचित भएपछि यादवले आफ्नो यात्रा सफल बनाउन विशेष साथ र सहयोग पुर्याएको नेपाली समाज कतारप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा प्रवासी नेपाली समुदायको हित, अधिकार र सम्मानका लागि अझै समर्पित भएर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।




















