रामएकवाल राम

दोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको निर्वाचनमा शिव कुमार महतोले अन्तराष्ट्रिय समन्वय परिषद( आईसीसी ) सदस्यमा उमेद्वारी दिएका छन।

एनआरएन कतारको कार्यसमितिमा बसेर काम गर्ने क्रममा हाँसिल गरेका अनुभव र सिकाईलाई अब थप उपल्लो तहबाट सस्थाको हितको लागि सदुपयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको महतोले बताए । 

सन् २००६ मा कतार प्रवेश गरेयता उनले आफ्नो काम  व्यवसाय बाहेक  समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । सिराहा अर्नामा गाउँपालिका -३ घर भएका उनी हाल मधेसी एकता समाज कतार अध्यक्ष समेत हुन।

उनले आईसीसीमा रहेर हरेक गतिविधि सफल बनाउन सशक्त भूमिका खेल्ने,  नेपाल भित्र र गैर आवासीय नेपाली उद्यमीहरू बीचको नेटवर्कलाई  विकास गर्नमा लागिपर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन।