रामएकबाल राम
दोहा , कतार :- गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( एनसीसी ) कतारको ११ औ राष्ट्रिय अधिवेशन हुने भएको छ। अगामी अगस्ट १ तारीख शुक्रबारका दिन दोहाको क्राउन प्लाजामा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुरु हुने बताएको छ।
पुर्व अध्यक्ष रमेश भट्टले नेतृत्व गरेको एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन समितिका संयोजक तोकेको थियो। संयोजक कार्कीले एमआइएसद्वारा पञ्जीकृत सदस्यता सम्पन्न गरेर अधिवेशन गर्न लागेको हो।
एनआरएनएको केन्द्रीय नेतृत्वमै गुट, फुट र अदालतमा विचाराधीन मुद्दाहरूले कतारमा पनि दुई धारमा विभाजित भएको दुई समुहबिच सहमतिको प्रयास असफल तथा एकता सम्भव नभएपछि रमेश भट्टको समूहले ग्लोबल एनआरएनए एनसीसीसँग मिलेर लोकल पोर्टल मार्फत गत शुक्रबार महाधिवेशन सम्पन्न गरि कृष्ण पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेका हुन।




















