बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनआरएनए एनसीसी कतारको अध्यक्षमा पन्थी

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन १०, २०८२ ३ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनआरएनए एनसीसी कतारको अध्यक्षमा पन्थी
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा , कतार :- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशन बाट २०२५-२७  कार्यकालको लागि कृष्ण पन्थी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन।

शुक्रबार दोहाको क्राउन प्लाजामा संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यमामा सप्पन्न भएको हो।

महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतले  नेपाली दुताबास कतार कुनै पार्टीको नभएर नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्था रहेको बताए। उनले आधिकारिक एनआरएनएको कार्यक्रममा सहभागी नभएकोमा नेपाली दूतावास कतारको अनुपस्थितिप्रति दुःख व्यक्त गरेका छन।

उनले दूतावासलाई कुनै पाटिगत आग्रह, पुवाग्रह नराखन आग्रह गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटबाट जोगाएर एकता कायम राख्नुपर्नेमा जोड दिए ।

महाधिवेशनबाट संघको कार्यकाल २०१७–०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कार समेत वितरण गरिएको छ । २०२३–०२५ को ‘साहित्य पुरस्कार’ श्यामराज रानाभाट, ‘पत्रकारिता पुरस्कार’राम एकवाल राम र ‘स्वास्थ्य तथा खेलकुद’पुरस्कार दिलीप कार्कीलाई जनही  १५ हजार नगदसहित सम्मानित गरिएको थियो । महाधिवेशनमार्फत एनसीसीका विभिन्न विभागमा रहेर कार्यसम्पादन गरेका व्यक्तित्वहरूसहित विधान संशोधन समिति, एकताका लागी पहल गर्ने विभिन्न संघसंस्थाहरू, संघका सल्लाहकारहरूसहित पत्रकारहरूलाई सम्मान गरिएको थियो।

संघका कोषाध्यक्ष बुद्ध पाण्डेले एनसीसी कतारमा १ लाख ३१  हजार ८ सय ९५ कतारी रियाल बचत रहेको र १२ हजार ५ सय ७१ रियाल उठ्न बाँकी रहेको आयव्यय विवरण पेस गरेका थिए ।

कार्यकाल भरी नेपालको बैंकमा रहेको बचत खाताको ब्याजमार्फत करिब १६ हजार आम्दानी रहेको जानकारी दिए । कार्य प्रगति विवरण महासचिव रविन मगरले पेस गरेका थिए । पेस गरिएका दुबै विवरण अनुमोदन भएका थिए । 

महाधिवेशनले धनबहादुर वलाएर, शेख हनिफ शहिल खान, धुर्वराज अधिकारी टिकाराम डुम्रेलाई निर्वाचित गरेको छ ।

पन्थीको नेतृत्वमा प्रथम उपाध्यक्षमा रबिन मगर , द्वितीय उपाध्यक्षमा सन्तोष पौडेल  र तृतीय उपाध्यक्षमा जहानगीर आलम चयन भएका छन।

यस्तै महिला उपाध्यक्षमा टौमाया गुरुङ , युवा उपाध्यक्षमा मेहर सिंह तमाङ, महासचिवमा विवेक पुलामी मगर र सचिवहरूमा बुद्ध पाण्डे , सुजन गुरुङ अर्जुन सङ्ग्रौला चयन भएका छन।

त्यसै गरी कोषाध्यक्षमा कविन्द्र कडेल सह कोषाध्यक्षमा कान्छा श्रेष्ठ , युवा संयोजकमा केशव राज मल्ल र महिला संयोजकमा कल्पना पुन मगर चयन भएका छन।

त्यस्तै लेखा समितिको संयोजकमा राम प्रसाद गौतम , लेखा समितिको सदस्यहरुमा कमल खत्री , अशोक आले मगर निर्विरोध निर्वाचित भएका हुन।

त्यसै गरि सदस्यहरूमा, रिता पोखरेल , ईन्दिरा शाह, रामचन्द्र गिरी, अमृत विश्वकर्मा ,गणेश अधिकारी , राजन चापागाईं, तारा टमाटा, डिल्लीराम भट्टराई , मोहम्मद रफिक राईन, दर्शन सुनार, प्रकाश विक, विश्वनाथ भट्टराई , गोरख बहादुर चन्द ठकुरी , मोहम्मद अनवारुक हक, शेष मोमताज, प्रकाश थापा, सुशील कुमार सुब्बा , कृष्ण भण्डारी , पुष्कर बहादुर, साउद लाई चयन गरेका छन।

कार्यक्रमलाई सप्पन्न गर्दै सभापति भट्टले आफ्नो कार्यकालमा कतारमा रहेका संघसस्थाले दिएको साथप्रति आभार व्यक्त गर्दै केही व्यक्ति संस्थाबाट अलग भएर गएपनि छिट्टै यहि समितिमा फर्कने विश्वास व्यक्त गरे । 

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]