बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनसीसी कतारको विवाद बारे यस्तो भन्दै समाजसेवी करिम बक्स मिया

बालासुन्दरी खबर बालासुन्दरी खबर असार २६, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनसीसी कतारको विवाद बारे यस्तो भन्दै समाजसेवी करिम बक्स मिया
Rampam
3D Education Lahan

रामएकवाल राम 

दोहा कतार :- गैर अवासिय संघ राष्ट्रिय समन्वय परिषद कतार (एनसीसी) मा हाल देखिएको प्रतिकुल परिस्थिति एवं आन्तरिक कारणले नभई आईसीसीमा देखिएका समस्या, सम्माननीय अदालतमा विचाराधीन मुद्दाहरुले नै मुख्य कारण भएको समाजसेवी तथा पत्रकार महाससंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मियाँले  बताएका छन्।

आफ्नो समाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आईसीसीमा देखिएको विवाद र विचाराधीन मुद्दा(हरु)को  कारण एनसीसी कतारले कुन बाटो अवलम्बन गर्ने भन्ने अन्यौलताको कारण अहिले यस्तो अवस्था आएको बताएका हुन् । गत २५ अप्रीलमा हुनु पर्ने परिषद भेला स्थगित भएपछि नै एनसीसी कतारले प्राविधिक समस्यामा फँसेको हो उनको जिकिर छ ।

गत मङ्गलबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष दिल कुमार र श्रेष्ठ र नेपाली महिला समाजकी अध्यक्ष माया केसी ले आयोजना गरेको "एनसीसी सन्दर्भ" कार्यक्रमलाई धन्यवाद  दिंदै मियाँले लेखेका छन् "अप्रील २५ मा परिषद भेला गरिएको भए आज यस्तो समस्या आउने थिएन, वा समस्या आएपनी जटिल हुने थिएन। उनले भनेका छन् "एनसीसी कतारले के कारणले त्यो भेला रोक्यो भन्ने प्रश्न नै मुख्य विषय हो। यसको उत्तर जे आएपनी व्यवहारिक कारण भने एनसीसी कतारले सामना गर्नु परेको "चर्को राजनीतिक दबावमा" परेको हो।" 

"व्यक्ती र समाज कुनैपनि हालतमा तटस्थ हुन/ बन्न सक्दैन। म वा हामी तटस्थ भनेर कसैले भन्छ भने त्यो सबैभन्दा ठुलो झुट हुन्छ।  अझ कुनै मुद्दामा अल्झनु परेको अवस्थामा त तटस्थता आफैंमा भद्दा मजाक हुन्छ, जुन एनसीसी कतारको सबैभन्दा महत्वपूर्ण कमजोरी रह्यो" मियाँले दावी गरेका हुन

छलफलमा सबैले आ-आफ्ना धारणा र तर्क  राखे झैं मैलेपनि आफ्नो धारणा राखें  करिम बक्स मियाँले भनेका छन् "हामी मिल्न सक्दैनौं भने नमिलेको नै राम्रो, मिल्ने वहसमा उत्रेर हामीले समय र सम्वन्धलाई खराव गर्न हुँदैन, तसर्थ हामी सल्लाहले नमिले पनि भावनामा नखेलौ।"

कतारको एनसीसी दुईवटा भएको छैन, प्राविधिक कारणले हाम्रा बाटाहरु दुईवटा भएका मात्र हुन्, र त्यो बाटोहरु अल्पकालीन हुन्। सल्लाहले नै हामीले रोजेको आ-आफ्नो बाटो हिँडौं। आईसीसीको विवाद र मुद्दाहरु सम्माननीय सर्वोच्चमा विचाराधीन छन्, ढिलोचाँडो अन्तिम फैसला अवस्य आउने नै छ। हामीले रोजेको बाटोमध्ये जुन बाटो अदालतले सही करार दिनेछ हामी पून: एक बाटोमा क्याराभान बनेर अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन।

अन्तमा उनले थप्दै भने अहिलेको अवस्थामा विश्वमा रहेका ९० वटा  एनसीसीहरु मध्ये  ५ वटा मात्र एनसीसीसँग गरिएको एमओयू (संवन्धन) फिर्ता लिई आइसीसीले अधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ।ति ५ वटा एनसीसी कतार, यएई, बेल्जियम, अष्ट्रिया र नेदरल्याण्ड मात्र हुन्।बाँकीमा एमआईएस प्रणालीबाट नै सदस्य बन्ने काम भएको/ भई रहेको छ।

मियाँले इच्छुकहरुलाई एमआईएस प्रणाली मार्फत सदस्यता लिन अनुरोध पनि गरेका छन।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]