बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने
Rampam
3D Education Lahan

सिरहा। मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट सुरू गर्ने भएको छ। मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

अर्थमन्त्री यादवले लहानको उत्तरी भेगमा रहेको धार्मिक र पर्यटकीय महत्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि बढाउने स्पष्ट पारे। अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार–व्यवसायलाई प्रवर्द्धनका साथै पर्यटनको विकास गर्ने मुख्य उद्देश्य हो’, मन्त्री यादवले भने।

मन्त्री यादवका अनुसार सडक पूर्वाधारले मधेस प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। ‘धार्मिक पर्यटनसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन मार्ग सहयोगी हुनेछ’, उनले थपे।

त्यस्तै, लहान नगरपालिकाले प्रस्तुत गरेको आव २०८३/८३ को बजेटको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा ल्याइएका योजनालाई सफल बनाउन प्रदेश सरकारले साथ दिने आश्वासन दिए।

त्यसैगरी, लहानको खुट्टी नहर पुनःसञ्चालनका लागि मधेस प्रदेश सरकारले बजेट समावेश नगरेको भन्दै आलेचनाकाबीच मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम व्यवस्थापन गरिने बताए। ‘किसानको मागलाई बेवास्ता गरिन्न’, उनले भने।

जिल्लाको सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]