बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

अधिकृत श्रीवास्तव पक्राउ परेपछि अख्तियारको प्रशंसा, जनतामा खुशी

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
अधिकृत श्रीवास्तव पक्राउ परेपछि अख्तियारको प्रशंसा, जनतामा खुशी
Rampam
3D Education Lahan

रंजित चौरसिया

वीरगंज  । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र करारका कर्मचारी संदिप साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले शुक्रवार बिहान पक्राउ गरेको छ । भ्रष्ट प्रवृतिका अधिकृत अजय श्रीवास्तव पक्राउ परेको खबर पोखरियावासीले सुने पछि अख्तियारलाई जनस्तरबाट प्रशंसा भईरहेको छ । 

हरेक निर्माण व्यवसायी, सप्लायर्स र एनजिओहरुलाई कार्यदेश दिने बेला र भुक्तानी गर्ने बेलामा कमिशन लिने बानी बसालेका अधिकृत श्रीवास्तवले पोखरियामा गए देखि भ्रष्टाचारमा लिप्त रहदै सो नगरपालिकामा अनावश्यक तरिकाले बिना औचित्य करिब ४ सय कर्मचारी भर्ना गरेका थिए । 

अधिकृत श्रीवास्तवले कर्मचारी नियुक्ती, कमिशन, बिलासिताका सामग्री खरिद लगायतमा करोडौं करोड भ्रष्टाचार गरी मालामाल भएको नगरवासीहरुले गुनासो गर्दै आएका थिए । हुन त भ्रष्ट अधिकृतले गरेका कैयौं भ्रष्टाचारजन्य कार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भए पनि तथ्य सहित भ्रष्टाचारका कर्तुतहरु फेला परे पछि अख्तियारले अधिकृत श्रीवास्तवलाई पक्राउ गरेको स्रोतले जनाएको छ । 

भ्रष्ट अधिकृत श्रीवास्तव र उनका बिचौलियहरुले प्रति व्यक्ति २ देखि ३ लाख सम्म असुली दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा करिब ४ सय जनालाई बिना विज्ञापन नियुक्ती गरेको बताईन्छ । सयौं व्यक्तिहरुले रकम दिई नियुक्ती लिए पनि हालसम्म तलब नपाएकोमा अधिकृत श्रीवास्तव र उनका बिचौलियाहरुलाई तथानाम गाली गर्दै आफ्नो रकम फिर्ता मागिरहेको भएतापनि सो रकम केहीको फिर्ता भए पनि करिब ९० प्रतिशतलाई फिर्ता नभएको स्रोतले जनाएको छ । 

नटवरलाल अधिकृत श्रीवास्तवले गरेका कालाकर्तुतहरुमा लेखापाल मन्दिप महतो, योजना तथा प्रशासन प्रमुख संजय पाण्डे, तत्कालिन जिन्सी प्रमुख मनोज साह लगायतको भरपर्दो सहयोगले अधिकृत श्रीवास्तव भ्रष्टाचारजन्य कार्यहरु गर्न सफल भएको स्रोतको कथन रहेको छ । 

पोखरिया नगरपालिकामा भ्रष्टाचारजन्य कार्यहरुबाट आएको रकमबाट भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवको भागमा ५० प्रतिशत र ५० प्रतिशतमा लेखापाल महतो, योजना तथा प्रशासन प्रमुख पाण्डे, तत्कालिन जिन्सी प्रमुख साह लगायतकालाई भाग छुटयाउने गरिएको स्रोतको कथन रहेको छ । 

अधिकृत श्रीवास्तवले भ्रष्टाचारको रकमबाट पोखरा र वीरगंजको मुर्लीमा आलिशान महल बनाउन सफल भएका छन् भने कैयौं घडेरीहरु आफ्ना आफ्न्तजनको नाममा किन्न सफल भएको स्रोतले जनाएको छ । त्यसैगरी लेखापाल महतोले आफ्ना आफ्न्तजनको नाममा दर्जनौ घडेरी र वीरगंजबाट काठमाडौं चल्ने करिब एक दर्जन टाटासुमो किनी भाडामा कुदाईरहेको स्रोतको कथन रहेको छ । 

त्यसैगरी संजय पाण्डे र मनोज साहले आफ्ना आफ्न्तजनको नाममा वीरगंजमा घडेरी र गाउँमा खेतहरु जोडन सफल भएको स्रोतको भनाई रहेको छ । नटवरलाल अधिकृत श्रीवास्तव पक्राउ परे पछि लुकेर बसेका उनका सहयोगीहरु महतो र साह सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा मोबाईलको स्विच अफ रहेको पाईयो । त्यसैगरी पाण्डेलाई मोबाईल फोन गर्दा रिङ्ग गईरहे पनि सम्पर्कमा आउन चाहेनन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]