राजेन्द्र महतो

काठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी  प्रिय "  गीत आज  शुक्रबार सार्वजनिक भएको छ।

गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ठिकै छ मेरी  प्रिय " गीत सार्वजनिक   भएको हो।गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय  गरेका हुन। गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल

स्टुडियोमा गरिएको हो ।  गीतको निर्माता दीपेन श्रेष्ठ  तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेका छन।

गीतको मिक्स/मास्टरिङ-महेश्वर राज भण्डारी र सम्पादन सन्देश शाहले गरेको छ भने  गीत/संगीत-शेखर ठकुरीको  रहेको छ ।गीतको सिनेमेटोग्राफी-साजन ठाकुर , रंग- राजेन्द्र मोक्तान ,

भि एफ एक्स -सत्यम राणा,ग्राफर-  नरेश अधिकारी , फोकस-निरञ्जन थापा तथा भिडियो कन्सेप्ट-ड्रागन मोशन पिक्चर रहेको  छ।यो गीत खास गरि क्लासिकल र रक ट्र्याजेडी भएको ले नेपाली संगीत बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

गितको लिन्क

https://www.youtube.com/watch?v=s3zX_Zk8Ik4