रामएकवाल राम

दोहा, कतार - नेकपा एमालेका महासचिव शंकर पोखरेल सहितका नेता कतार आईपुगेको छ।

प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल, पोलिट्ब्युरो सदस्य सुजिता शाक्य पार्टीका केन्द्रिय सदस्य घनश्याम पाण्डे सहितका नेताहरु आज बिहिवार साझ कतार आई पुगेका हुन।

दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा   जुन २० तारीख शुक्रबारका दिन नेपाली समुदायसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने प्रवासी नेपाली मञ्च कतारले जनाएको छ।

नेपालमा देखीएको राजनितिक परिदृश्य,सरकारको गतिविधि,नेपालमा भएका विकाश र परिवर्तनका क्रियाकलाप  र गर्नुपर्ने कामहरु, लगायत विविध कुराहरु अन्तरक्रिया कार्यक्रम रहेको जनाएको छ।